1 year ago
October 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने यु १९ प्रिमियर कप खेल्न नेपाली युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रिमियर कप बिहीबार सुरु हुने प्रिमियर कप कात्तिक ७ सकिनेछ । जगत टमटाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीले बिहिबार इरानसँग प्रतिस्पर्धा गर्दै प्रिमियर कपको यात्रा सुरु गर्नेछ ।
नेपाल समूह ए मा बहराइन, साउदी अरेबिया र इरानसँग छ । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् ।
समूह डी मा हङकङ, मलेसिया, इन्डोनएसिया र जापान छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा यू१९ एसिया कप खेल्न पाउनेछन् ।
गत मार्चमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र उपाधि जित्दै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो ।
विश्वकपमा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड एकै समूहमा छन् । विश्व कप छनोटपछि यू १९ टोली पहिलो प्रतियोगिता खेल्दैछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।