2 years ago
August 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी कविर केसी र अभय महराको जोडीले दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिपको यु १७ मा पुरुष डबल्समा रजत पदक जितेका छन् ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा मंगलबार भएको फाइनलमा बंलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहको जोडीले कविर र अभयको जोडीलाई २१–११, २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो ।
यु १५ महिला डलब्समा नेपालका दिलाशा राना र रिहाना शेरचनले रजत पदक जिते । श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेको जोडीले फाइनलमा दिलाशा र रिहानाको जोडीलाई २१–१२ ,२१–४ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको च्याम्पियनसिपमा श्रीलंकाले मिक्स टिम इभेन्ट्समा २ सहित सर्वाकि ९ स्वर्ण पदक जितेको छ । बंगलादेशले ३ स्वर्ण पदक प्राप्त गर्यो ।
यु १७ पुरुष सिंगलमा बंगलादेशका एस.एस.एम. सिफत उल्लाहले स्वर्ण पदक जिते । उनले फाइनलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले पराजित गर्दै च्याम्पियनसिपमा दोश्रो स्वर्ण प्राप्त गरे ।
यु १७ महिला सिंगलमा श्रीलंकाकी रनिथमा लियाङ्गेले आफ्नै देशकी रनुमी मनागेलाई २१–६, २१–८ ले हराउँदै स्वर्ण पदक जितिन् । महिला डबल्समा रनिथमाले रनुमी मनागेको जोडीमा स्वर्ण पदक जितिन् । श्रीलंकाली जोडीले माल्दिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ ले हराएको थियो ।
यु १७ मिक्स डबल्समा श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१–१४, २१–१६ ले पराजित गर्दै स्वर्ण पदक जित्यो ।
च्याम्पियनसिपको यु १५ तर्फ महिला सिंगल श्रीलंकाकी नेथमी रत्नायकले स्वर्ण पदक जितिन्। उनले आफ्नै देशकी सिथुली रनसिंघलाई २१–१३, २१–१० ले पराजित गर्दै उपाधि जितेकी हुन् । नेथमीले मिक्स डबल्समा सेनुथ सेथमिता पेरेरासंग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघको जोडीलाई २२–२०, २१–१२ ले पराजित गरेको छ ।
यु १५ पुरुष सिंगलमा बंगलादेशका वाली उल्लाहले बंगलादेशकै मोस्तकीम होसेनलाई २१–१५, २१–१५ ले हराउँदै स्वर्ण पदक जिते । यु १५ मिक्स डबल्समा स्वर्ण जितेका सेनुथ सेथमिता पेरेराले पुरुष डलब्समा केनिथ अरुगोडासंग मिलेर बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१–१५, १९–२१, २३–२१ ले पराजित गर्दै आफ्नो लागि दोश्रो स्वर्ण पदक जिते ।
ब्याडमिन्टन एसियाको डिभलोपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक चन्द्र प्रकाश गौतम लगायत विजेता खेलाडीलाई पुरस्कृत गरे । ५ दिन सम्म सन्चालन भएको प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका खेलाडीको सहभागिता थियो ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]