2 years ago
August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कविर केसी र अभय महराको जोडी दक्षिण एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप अन्तर्गत यु १७ डबल्सको फाइनलमा पुगेको छ ।
कविर र अभयको जोडीले ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थानमा सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्ड हलमा जारी च्याम्पियनसिपमा माल्दिभ्सका खेलाडीलाई हराउँदै अन्तिम दुईमा प्रवेश गरेको थियो ।
कविर र अभयले माल्दिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधी माथलुबलाई २१–९, २१–७ को सोझो सेटमा पराजित गरेको थियो ।
दिलासा र रेहानाको फाइनलमा
नेपाली दिलासा राना र रिहाना शेरचनको जोडी यु १५ को फाइनलमा प्रवेश गरेको छ । दिलासा र रिहानाको बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै अन्तिम दुईमा पुगेको हो ।
यु १५ ब्वाइजतर्फ भने नेपाली जोडी फाइनल पुग्न सकेन । नेपाली सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलंकाका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेरा संग पराजित भएका छन् । सौर्य र सुविनको जोडी श्रीलंकन जोडी संग १३–२१, ११–२१ ले पराजित भएका हुन् ।
अहिले सम्मको नतिजामा अन्य नेपाली खेलाडी सेमिफाइनलबाट अगाडि बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग ८–२१, ७–२१ ले पराजित भए । यस्तै पुरुष तर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भयो ।
महिला यु १५ एकल तर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसंग ४–२१, १४–२१ ले पराजित भईन् । दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघे संग १५–२१, १५–२१ ले हारिन् । पुरुष तर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसंग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।
यु १७ महिला तर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसंग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन् । पुरुष तर्फ कविर के.सी. श्रीलंकाका थिदासा वेरागोडासंग १२–२१, १९–२१ ले पराजित भए ।
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]