2 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले घरेलु प्रतियोगिताहरु अब नेपाल एपिएफ क्लबबाट खेल्ने भएका छन् । ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा विश्व नम्बर एक रहिसकेका प्रिन्सले मंगलबार एक वर्षको सम्झौता गरेको एपिएफ क्लबका व्यवस्थापक विजय केसीले जानकारी दिए ।
यसअघि झन्डै ४ महिना नेपाल पुलिस क्लबमा रहेका उनले विराटनगर फागुन ७ गते पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता जित्दै उपाधिमा ह्याट्रिक गरेका थिए । विराटनगरमा च्याम्पियन ८ दिन अघि प्रिन्सले इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री राष्ट्रिय वरियता प्रतियोगिताको उपाधि जितेका थिए ।
एपिएफबाट राम्रो प्रस्ताव आएकाले आबद्ध भएको प्रिन्सले बताए । उनले भने, ‘यसले मेरो खेल जीवन अघि बढ्न मद्दत पुग्ने विश्वास लिएको छु । राम्रो प्रस्ताव आयो, दाईहरु पनि त्यहिबाट खेल्नुहुन्छ त्यसैले पनि सम्झौता गरे ।’
एपिएफमा आबद्ध भएकै दिन प्रिन्स पल्सर स्पोर्टस अवार्ड मनोनयन सार्वजनिक हुँदा त्यसमा समेटिएका छन् । प्रिन्ससँगै फुटबल किरण चेम्जोङ, अन्जन विष्ट तथा क्रिकेटका कुशल भुर्तेत र दीपेन्द्र सिंह ऐरी वर्ष पुरुष खेलाडीको मनोनयनमा पर्न सफल भएका हुन् ।
तीन वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा टिम र डबल्समा कास्य पदक जितेका प्रिन्सले दुबई इन्टरनेसनको यु १५ र यु १९ को उपाधि जितेका थिए । उनलाई योनेक्स सनराइज सिंगापुर र इनास इन्टरप्राइजेजले प्रायोजन गर्दै आएको छ ।
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]
February 19, 2025
सुमन अधिकारी, बुटवल सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् । गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् । फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट […]
February 16, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता सोमवार सुरु हुने भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा नेपालका महिला / पुरुष शीर्ष वरियताका १ सय सहभागिता रहने बताइएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक विष्णु प्रसाद चापागाईले बताए […]