2 years ago
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ सम्झना कप मार्फत नेपालमा पहिलो पटक विश्व स्तरीय टेबल टेनिस बोर्ड प्रयोग हुने भएको छ । चाइना ट्रेड लिंकको प्रायोजनमा विश्वकपमा प्रयोग भएको डबल हेपिनेसको विश्वस्तरीय बोर्ड यसपटक प्रयोग हुने भएको हो ।
ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ । यसमा लाग्ने सम्पूर्ण खेल सामग्रीको प्रायोजन नेपालका लागि डबल हेपिनेसको अधिकारिक विक्रेता चाइना ट्रेड लिंकले गर्नेछ । यस सामाग्रीको मूल्य नेपाल आइपुग्दा झन्डै १० लाख रुपैयाँ पर्ने आयोजकले जनाएको छ ।
यससँगै चाइना ट्रेड लिंकको लि निङले पनि प्रतियोगिताका विजेता खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गर्नेछ । आइतबार एक कार्यक्रममाझ चाइना ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक राजेन महर्जन र क्लबका अध्यक्ष उर्दीप जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५० हजार रुपैयाँ रहेको छ । यसमा मेटल सेपरले सह प्रायोजनवापत बजेटको ३५ प्रतिशत रकम उपलब्ध गराउनेछ । सेपरका प्रबन्ध निर्देशक निरज जाेशी र क्लब अध्यक्ष उर्दीप जोशीले सम्झौतामा हस्ताक्षर गरे ।
लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १७ देखि २१ गते सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजन सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा. लि.ले गरेको छ ।
प्रतियोगितामा नेपालसहित भारतबाट ९, बेलायतबाट २ तथा पोर्चुगल र फ्रान्सबाट १-१ सहित अन्य राष्ट्रका २ सय बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि ) गरि ७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
नेपाली टेबल टेनिस खेलको इतिहासमा अहिलेसम्मकै ठूलो धन राशी ५ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा मेन्स / वुमेन्स टिम स्पधको विजेता टोलीले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनल पुग्ने दुई टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै वुमेन्स/ मेन्सतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनल पुग्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्स सिंगल्स तर्फको विजेताले २० हजार, दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]