default_image

2 years ago

January 22, 2023

विवेक र मनोजको जोडीलाई ब्याडमिन्टन उपाधि

242 views

0 Bookmark

बुटबल (हाम्रो खेलकुद) – पाँचौं लाफा / प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारको जोडीले जितेको छ ।

मेन्स डबल बी लेभलको आइतबार भएको फाइनलमा न्यौपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङको जोडीलाई २–० को सोझो सेटमा हराएको थियो । विजेता जोडीले ट्रफीसहित ४० हजार दोस्रो जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा पुगेको विशाल खड्का र सुरज गुरुङ तथा विनोद पौडेल र सरल थापाको जोडीले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।

भेट्रान्स मेन्स डबलको उपाधि बुटवल ब्याडिन्टन क्लब महेश्वर नेपाल र अशोक कुमार भुषालको जोडीले जित्यो । नेपाल र भुषालको जोडीले फाइनलमा तनहुँका कमल राना र खुम गुरुङको जोडीलाई २–० सोझो सेटमा पराजित गरेको थियो । विजेता जोडीले २५ र दोस्रो हुने जोडीले १५ हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनल पुगेको वसन्त र महेश बज्राचार्यको जोडी तथा मन बाहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे । प्रतियोगितामा घोराहीका हिमांशु कुंवर उत्कृष्ट खेलाडी घोषित भए । दानिस कुरेसी उदय चुनिए ।
बुटवल उपमहानगरपलिकाको मुख्य प्रायोजन र लुम्बिनी प्रदेस खेलकुद विकास परिषद् को सह प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रान्स तर्फ ३२ टोली तथा खुल्ला मेन्स डबल तर्फ ६४ टोलीको सहभागिता थियो ।

प्रदेश खेलकुद बिकास परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराई, वार्ड अध्यक्ष यज्ञ प्रसाद पंगेनी, प्रदीप श्रेष्ठ, क्लब का अध्यक्ष बबिन थापा , संस्थापक अध्यक्ष तारासिंह रेश्मी मगर, संरक्षक वासुदेव लामिछाने लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

February 19, 2025

सुनिरालाई लन टेनिस उपाधि

सुमन अधिकारी, बुटवल सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् । गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी‌ हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् । फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट […]

Success

Thank you for your time.