default_image

2 years ago

January 5, 2023

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस अर्को महिना

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानको वार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा माघ १७ देखि २१ गते सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा. लि.ले गरेको छ । सम्झानाकातर्फबाट रजना जोशी र आयोजक ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दीप जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगितामा नेपासहित भारत, पाकिस्तान, बंगलादेश, मालदिभ्स, थाइल्यान्ड, युएई, जापान, फ्रान्स, इङ्गल्याण्ड, कोरियासहित अन्य राष्ट्रका ५ सय बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि ) गरि ७ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । नेपाली टेबल टेनिस खेलको इतिहासमा अहिले सम्मकै ठूलो धन राशी ५ लाख रुपैयाँ पुरस्का रहेको प्रतियोगिता सञ्चालनका लागि २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजक रहेको छ ।

मेन्स / वुमेन्स टिम स्पधको विजेता टोलीले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनल पुग्ने दुई टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै वुमेन्स/ मेन्सतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनल पुग्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेट्रान्स सिंगल्स तर्फको विजेताले २० हजार, दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.