2 years ago
December 6, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ ले सर्वाधिक रकमको प्रायोजन गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सिइओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ‘अनर’ ले अखिल नेपाल टेबल टेनिस संघलाई ५ लाख रुपैंया प्रदान गर्नेछ । मंसिर २२ देखि २५ गते सम्म आयोजना हुने प्रतियोगिता नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै सर्वाधिक ठूलो टेबल टेनिस प्रतियोगिता हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ देशको सहभागिता रहनेछ ।
यसमा छनोट हुने खेलाडीका लागि विश्व च्याम्पियनसिपको बाटो खुल्नेछ । प्रतियोगितामा विश्व वरियताको उच्च स्थानमा रहेका खेलाडीले सहभागिता जनाउने संघले जनाएको छन् । प्रायोजक सम्झौताका क्रममा प्रथम उपाध्यक्ष वज्राचार्यले ‘अनर’ को प्रायोजक अनुबन्धले नेपालमा टेबल टेनिस विकासमा अझ सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]