2 years ago
November 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघले विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रिय छनोटका आयोजनाको मौका पाएको छ । साउथ एसयन रिजिनल च्याम्पियनसिप नेपालमा आयोजना हुन लागेको पहिलो पटक हो । नेपालले आयोजना गर्ने यो नै अहिले सम्म टेबल टेनिसको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
इन्टरनेसनल टेबल टेनिस फेडेरेसन (आईटीटीएफ) अन्तर्गत एसियन टेबल टेनिस फेडेरसन (एटीटीयू) को प्रतियोगिता मंसिर २२ देखि २५ गते सम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ संघका अध्यक्ष चतुरानन्द राजवैद्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनकारी दिए ।
च्याम्पियनसिपका लागि आवश्यक तयारी पूरा गरेको र त्यसका लागि संघले विभिन्न कमिटी पनि गठन गरेको जनाएको छ । शंकर गौतम टुर्नामेन्ट डाइरेक्टर,तेजेन्द्र सिंह महरा कम्पिटिसन म्यानेजर तथा धर्ममान वज्राचार्यको नेतृत्वमा म्यानेजमेन्ट कमिटी गठन भएको छ ।
दक्षिण एसियाका ६ देशका ६० खेलाडीको सहभागिता
प्रतियोगितामा दक्षिण एसियाका ६ देशको सहभागिता रहने छ । सहभागी हुने देशमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका खेलाडी रहेको संघले जनाएको छ । प्रत्येक देशबाट प्रतियोगितामा पाँच पुरुष र पाँच महिला गरेर कुल १० खेलाडीको सहभागिता रहनेछ । पुरुष एकल र महिला एकलमा लिग कम नकआउटकका आधारमा हुने प्रतियोगिताबाट १६–१६ खेलाडी छनोट हुनेछन् ।
नेपालका तर्फबाट सहभागी हुने खेलाडीमा पुरुषतर्फ रुबिन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे छन् । यस्तै महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन् । टिमको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायक प्रशिक्षकमा संजय अर्याल र सन्ध्या शाक्य छन् । प्रतियोगिताका लागि एनसेल एक्सजियटा लिमिटेड लगायत नेपाली घर र नेविकोले प्रायोजक गरेको बताइएको छ ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]