2 years ago
November 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टन विकासमा योगदान पुर्याएका त्रिरत्न मानन्धरको निधन भएको छ । ९४ वर्षे मानन्धरको बुधबार बिहान साढे चार बजे मनमोहन कार्डियोथोासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंज निधन भएको काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले जानकारी दिए ।
स्वासप्रश्वास र मुटु सम्बन्धि समस्याका कारण उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । मानन्धर अफिसियल रुपमा प्रशिक्षक नभएपनि आफैले धेरैलाई ब्याडमिन्टनको र्याकेट समात्न लगाएर खेल सिकाउँदै नेपाली ब्याडमिन्टनको विकास यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
एकेडेमीले असार २८ गते गुरुपूर्णिमाका दिन मानन्धरलाई विशेष सम्मान समेत गरेको थियो । एकेडेमीले आयोजना गर्ने कर्पोरेट ब्याडमिन्टनको ट्रफी मानन्धरकै नाममा रहेको छ । त्रिरत्न नामकै कारण कर्पोरेट ब्याडमिन्टनको ट्रफीमा तीन वटा सटलको प्रयोग गरिएको थापाले बताए ।
मानन्धरको अन्तिम संस्कार आजै (बुधबार) बिहान १० बजे विजेश्वरी डल्लुमा गरिने थापाले जानकारी दिए । मानन्धरका श्रीमती, २ छोरी र २ छोरा छन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।