default_image

3 years ago

October 19, 2022

टेबलटेनिसमा पुलिस च्याम्पियन, नविता र स्यान्टुलाई स्वर्ण

276 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब ६ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिससमा टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा पुलिस ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

नेपाल एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो । बागमती प्रदेशले १ रजत र २ कास्य पदक सहित पदक तालिकामा तेस्रो भएको छ । त्रिभुवन आर्मी क्लब,एनआरएनए, प्रदेश १ ले समान २ कास्य तथा र गण्डकी प्रदेशले १ कास्य पदक जितेको छ ।

महिला सिंगल्सको स्वर्ण पदक पुलिस नविता श्रेष्ठले जितेकी छिन् । नविताले वेस्ट अफ सेभनको फाइनलमा आफ्नै क्लबकी एलिना महर्जनलाई ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ ले पराजित गरिन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले संयुक्तरुपमा कास्य पदक जिते ।

पुरुष सिंगल्सतर्फ पुलिसका स्यान्टु श्रेष्ठले स्वर्ण पदक जिते । स्यान्टुले एपिएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ ले हराए । पुलिसका प्रदीप रोका र एपिएफका संयोग कपालीले कास्य पदक जिते ।

प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् । राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज राजवैद्य, उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.