3 years ago
July 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमीले गुरु पूर्णिमाको अवसरमा बुधबार ब्याडमिन्टनकर्मीहरुलाई सम्मान गरेको छ ।
एकेडेमीले खेलाडी उत्पादनमा आफ्नो समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रणवकुमार तालुकदर, उत्तम सिंखडा, प्रकाश उदय, धर्मलाल श्रेष्ठ, रजनी जोशी, उदयकुमार श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शान्ति मानन्धरलाई सम्मान गरेको छ । सोही अवसरमा ब्याडमिन्ट विकासमा महत्वपूर्ण योगदान गरेका स्वर्गिय ज्ञानबहादुर खड्का, दिलेन्द्रवीर पाण्डे र पुरुषोत्तम केसीलाई स्मरण गरिएको थियो ।
अफिसियल रुपमै प्रशिक्षक नभएपनि आफैले र्याकेट समात्न लगाएर खेल सिकाउँदै नेपाली ब्याडमिन्टनको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका त्रिरत्न मानन्धरलाई विशेष सम्मान गरिएको थियो । खेलकुद पत्रकार कुशल तिमल्सिनालाई पनि सोही अवसरमा १५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सम्मान गरेका थिए ।
केबिएलाई प्रेसिडेन्सियल बिजनेस स्कुल प्रायोजन
खेलाडी उत्पादन मुख्य उद्देश्य राखेको काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई प्रेसिडेन्सियल विजनेस स्कुलले मुख्य प्रायोजन गरेको छ । अब एकेडेमीको नाम केबिए प्रेसिडेन्सियल काठमाडौँ ब्याडमिन्टन एकेडेमी रहने बताइएको छ । बार्षिक १५ लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता भएको छ । सम्झौता दुई वर्ष रहेको बताइएको छ । प्रेसिडेन्सियल विजनेस स्कुलले केबीएलाई बार्षिक ५ लाख नगद र केबीएका खेलाडीलाई प्रेसिडेन्सियल कलेजमा १० लाख बराबरको व्याचलर र मास्टर्स लेबलका कोर्स अध्ययन गर्ने सुविधा दिने बताइएको छ।
केबिएको यात्रा
ब्याडमिन्टनमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देष्यसहित एकेडेमीको स्थापना २०७७ साल पुसमा भएको थियो । गैर नाफामूलक संस्थाको रुपमा स्थापित एकेडेमीले छोटो अवधिमै अन्तर स्कूल प्रतियोगितामा च्याम्पियन खेलाडी निकालेको थियो ।
राखेपमा ब्याडमिन्टनका मुख्य प्रशिक्षक भइसकेका उदय कुमार श्रेष्ठलाई प्रमुख प्लेयर्स डेभलप्मेन्ट डिपार्टमेन्टको जिम्मेवारी दिएको एकेडेमीमा विश्व ब्याडमिन्टन महासंघका प्रमाणपत्र प्राप्त प्रशिक्षक बालकृष्ण थापा र पुरुषोत्तम ढकालले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । केबीएको प्रशिक्षण अचेल देवीनगर क्लब, बानेश्वरमा नियमित भइरहेको एकेडेमीले जनाएको छ ।
ब्याडमिन्टन प्रवर्धन गर्ने उद्देश्य अनुरुप एकेडेमीले गत वर्ष कुमारी बैंक काठमाडौ टिम च्याम्पियनसिप २०२१ कर्पोरेट व्याडमिन्टन ९आमन्त्रण० आयोजना गरेको थियो ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।