3 years ago
July 9, 2022
एजेन्सी – काजकस्तानकी एलेना रेवाकिना विम्बल्डन टेनिसको च्याम्पियन बनेकी छिन् । उनी महिला एकलतर्फ च्याम्पियन बनेकी हुन् ।
लन्डनस्थित सेन्टर कोर्टमा शनिबार भएको फाइनलमा ट्युनिसियाकी तेस्रो वरीयताकी आन्स जवेउरमाथि २–१ को सेटमा जित निकाल्दै एलेना काजकस्तानबाट ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बनेकी हुन्।
रसियामा जन्मिएकी २३ वर्षीय उनको करिअरको पहिलो ग्रान्डस्लाम उपाधि हो । कुनैपनि ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेको पहिलो अवसरमा नै उनी च्याम्पियन बनेकी हुन् । यसअघि उनी गत वर्ष फ्रेन्च ओपनको क्वाटरफाइनलमा र गत वर्ष नै युएस ओपन र त्यसभन्दा अघि तेस्रो चरणसम्म पुगेको थियो ।
विम्बल्डन खेल्न रुसीर बेलारुसी खेलाडीलाई प्रतिबन्ध लागेपछि १७औं वरीयताकी उनले २०१८ यता काजकस्तानबाट खेल्दै आएकी छिन् । त्यसअघि उनले २०१३ देखि २०१८ सम्म रसियाबाट खेलेकी थिइन् । काजकिस्तानबाट ठुलो आर्थिक सहयोग प्राप्त गरेपछि उनले आफ्नो राष्ट्रियता परिवर्तन गरेकी थिइन् ।
पहिलो सेट ३–६ ले गुमाएको एलेनाले त्यसपछिको दुवै सेट ६–२ र ६–२ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । उनी २०११ यता विम्बल्डन च्याम्पियन बन्ने कान्छी खेलाडी समेत बनिन् । ‘म कति खुशी छु शब्दले भन्न सक्दिन ।’ रेवाकिनाले भनिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।