default_image

3 years ago

June 4, 2022

नाडाल फ्रेन्च ओपनको फाइनलमा

352 views

0 Bookmark

एजेन्सी – खेल दौरान चोट बोक्न पुगेपछि तेस्रो वरीयताका जर्मन एलेसान्डर जेभेरेभबाट वाकओभर पाएपछि पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा शुक्रबार राति भएको खेल दौरान दोस्रो सेटमा लडेर घाइते हुन पुगेपछि जेभेरेभले खेल त्यागेपछि नाडाल उपाधिनजिक पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ (१०–८) ले जितेका थिए । दोस्रो सेट ६–६ को स्थितिमा रहँदा जेभेरेभ लड्न पुगेका थिए । त्यसपछि उनले खेल त्याग्नुपर्दा नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपन जित्ने संघारमा पुगेका छन् ।

जेभेरेभको चोटपछि नाडाल आँफै आफ्नो प्रतिद्वन्द्वीलाई जाँच गर्न एक चिकित्सकसँगै कोर्टमा पुगेका थिए । त्यहाँको प्राथमिक उपचारपछि उनले बैशाखीको साहरामा समर्थकलाई ताली बजाइरहँदा नाडालले उनलाई अंकमाल गरेर बिदाई गरे ।

‘१३ पटकको फ्रेन्च ओपन च्याम्पियन नाडालले भने, ‘यो निकै कठिन छ र म उनको लागि निकै दुःखी छु । उनी अविश्वसनीय प्रतियोगिता खेल्दै थिए । मलाई थाहा छ उसले ग्रान्ड स्लामको लागि कत्तिको लडिरहेको छ, उसले एक भन्दा बढी जित्नेछ । म उसलाई धेरै धेरै शुभकामना दिन्छु ।’

‘यस्तो अवस्थामा धेरै कुराहरू भन्न गाह्रो छ। मेरो लागि रोलान्ड गारोसको फाइनलमा पुग्नु सपना हो तर एकै समयमा त्यो तरिका समाप्त गर्नु राम्रो होइन ।’ नाडालले भने, ‘म एक भागमा थिए । कोर्ट बाहिर उनको उपचार भइरहँदा र उहाँ रोएको क्षण एकदमै कठिन थियो ।’

आफ्नो ३६औं जन्मदिन मनाइरहँदा नाडाल फ्रेन्च ओपनको इतिहासमा पुरुष एकलको फाइनलमा प्रवेश गर्ने दोस्रो पाका खेलाडी बनेका छन् । यसअघि सन् १९३० मा अमेरिकाका बिल टिल्डेन ३७ वर्षको उमेरमा फाइनल प्रवेश गरेका थिए ।

अब नाडालले उपाधिका लागि आइतबार नर्वेजियन क्यास्पर रुडसँग प्रतिस्पर्धा गर्नेछ । क्यास्परले क्रोएसियाका मारिन सिलिकलाई ३–६, ६–४, ६–२ र ६–२ को सेटमा पाखा लगाए ।

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

Success

Thank you for your time.