default_image

3 years ago

March 14, 2022

भक्तपुरमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन हुने

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अर्को महिना प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चैत ९ गते देखि सुरु हुने प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) का झण्डै २ सय खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी गराए ।

भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा समावेश गरिने बताइएको छ । यू–१५ महिला / पुरुष सिंगल्सको विजेताले १५ हजार दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । महिला/ पुरुष सिंगल्सका विजेताले ३५ हजार, दास्रोले २० हजार र तेश्रो हुनेले १२ हजार ५ सयका रुपैयाँ पाउनेछन् । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता आयोजनाको उद्देश्य जानाकरी गराउँदै अध्यक्ष प्रजापतिले भने– ‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न, आपसी सम्बन्ध र भाइचारा विकास गर्न, खेलाडीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ राख्न, खेलाडीलाई कुलत र दूव्र्यसनबाट टाढा राख्न, कोरोना भाइरसका कारण प्रभावित आन्तरिक पर्यटनलाई उकास्न र खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य हो ।’
चार दिन सम्म चल्ने प्रतियोगितामा झण्डै १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक संघका प्रथम उपाध्यक्ष नवीन प्रजापतिलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको बताइएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत अतिथि सत्कारमा सुरेन्द्र प्रजापति, पुरस्कारमा सविन ढुंगेल, प्राविधिकमा चन्दन कोजू, खेलस्थलमा गणेशराम मुस्याख्व र स्वयंसेवकमा राधेश्याम मचामसी संयोजक तोकिएका छन् ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी दिदै खेल सामाग्री उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताए । श्रेष्ठले खेलाडीको वरियता निर्धारणमा पनि प्रतियोगिताले मान्यता पाउने जनाउँदै स्थापनाकालदेखि भक्तपुर जिल्ला ब्याडमिन्टनले खेलको विकासमा चलायमान रहँदै योगदान पु¥याइरहेको बताए ।

February 21, 2025

बुटवल खुला लन टेनिस – प्रदीपको ह्याट्रिक

सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]

February 20, 2025

प्रदिप र रितिक फाइनलमा

सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]

February 19, 2025

सुनिरालाई लन टेनिस उपाधि

सुमन अधिकारी, बुटवल सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् । गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी‌ हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् । फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट […]

Success

Thank you for your time.