default_image

3 years ago

March 6, 2022

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता हुने अवार्डका लासग आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।

उनीहरुलाई २०७७ सालभरिको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको मञ्चले जनाएको छ । मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिने मञ्चले जनाएको छ ।

भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन आइतबारबाट सुरु भई चैत ७ गते १२ः०० बजेसम्म खुला रहने छ । ई–सेवा भोटिङको मतभार ५० प्रतिशत रहनेछ । त्यस्तै फेसबुक लाइकको २५ प्रतिशत तथा खेलकुद पत्रकार र मुख्य प्रशिक्षकको भोटको मतभार समान १२.५ प्रतिशत रहने बताइएको छ ।

फेसबुकमा भोटका लागि मञ्चको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक गर्न सकिने जनाइएको छ । मञ्चले आइतबारै ई सेवासँग सम्झौता गरेको छ । आइतबार सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र इसेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरेका छन् ।

इसेवाका चिफ म्यानेजर आशिष गौतमले नेपाली खेल क्षेत्रको प्रतिष्ठित अवार्डमा जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताए ।‘‘हामी नेपाली खेलकुदसँग सधै नजिक रहदै आएका छौं । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा थप खुशी छौं,’’ इसेवाका चिफ म्यानेजर गौतमले भने, ‘‘एनएसजेएफसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।’’

यससँगै अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल खेलाडीलाई समर्थकले इसेवामार्फत मत दिने पाउनेछन् । मञ्चको इसेवासँग दोस्रो सहकार्य हो । अवार्ड कार्यक्रमा ८ चैतमा प्रज्ञा भवन कमलादीमा हुनेछ ।

यसपालीको अवार्ड दशक अवार्ड हुनेछ । यो एक दशकका उत्कृष्ट खेलाडीहरु यसपालीको दशक अवार्डबाट सम्मानित हुनेछ । जसमा सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड हुनेछ ।

यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहनेछ । पिपल्स च्वाइसबाहेक अन्य सबै विधाको अवार्ड यसपटक अवार्डकै दिन सार्वजनिक गरिनेछ । पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

विगतमा झै पुरस्कार लागि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
– मध्यम दुरीको दौडमा अब्बल धाविका
– १३औं सागदेखि पछिल्लो २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगितामा स्वर्ण
– हाफ म्याराथनमा पहिलो स्वर्ण (नेपालगन्ज हाफ म्याराथन २०७८), १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा ।
– १३औं सागमा १० हजार मिटरकी स्वर्णधारी उनी गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी (फागुन २०७७)
– गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) मा च्याम्पियन । ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग ।

एन्जिला तुम्बापो सुब्बा (फुटबल)
– राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर ।
– २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य ।
– राष्ट्रिय लिगको १२ खेलमा जम्मा १ गोलमात्र बेहोरेको ।
– पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडबाट खेलेकी । मासाको कप्तानी गरेकी ।
– एन्जिलाको जीवनमा आधारित फिल्म बन्दै, मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माण ।

एलिना मर्हजन (टेबलटेनिस)
– नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी
– सागमा लगातार दुई पदक (१२ र १३औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल)
– खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय (स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय) ।
– सामाजिक कार्यमा पनि क्रियाशील (१३ औंबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग)
– टेबलटेनिस परिवारमा हुर्केकी खेलाडी (दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी)

कुशल भुर्तेल (क्रिकेट)
– डेब्युमै अब्बल प्रर्दशन
– नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी
– ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक, पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल
– ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित १ सय ४४ रन ।
– घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबका भरपर्दा ओपनर
– आईसीसी टी–२० वरीयतामा ३१औं स्थानमा । नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरीयता

प्रिन्स दाहाल– ब्याडमिन्टन
– विश्व ब्याडमिन्टन जुनियरतर्फ वरीयतामा नम्बर वान
– घरेलु ब्याडमिन्टनमा पनि दबदबा (सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल)
– पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई उपाधि
– साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन
– इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता
– विश्व जुनियर वरियतामा सातौं, तेस्रो हुँदै नम्बर एक । २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट भएको नेपाली खेलाडी ।

March 1, 2025

अर्नव र आरती सम्झना कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 23, 2025

थापा श्रीलंका ब्याडमिन्टन च्यालेन्जमा अम्पायर

काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो‌ ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।

Success

Thank you for your time.