3 years ago
February 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताअन्तर्गत एसिया ओसिएना प्रि क्वालिफाइङमाभाग लिने भएका छन् । ५ खेलाडीसहित ६ सदस्यीय टोली शुक्रबार श्रीलंकाको कोलम्बो जाने नेपाल टेनिस संघले जनाएको छ ।
फागुन २ देखि ७ गते सम्म हुने प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने जनाएको छ । त्यसपछि कोलम्बोमै फागुन ९ देखि १४ गते सम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले भाग लिनेछन् ।
सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् । टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा बिहीबार विदाई गरे ।
February 21, 2025
सुमन अधिकारी, बुटवल शीर्ष वरियताका प्रदीप खड्काले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेका छन् । प्रदीप बुटवल खुल्ला लन टेनिसमा पहिलोदेखि तेस्रो संस्करणमा लगातार च्याम्पियन बन्दै ह्याट्रिक गरेका हुन् । शुक्रवार भएको फाइनलमा रितिक रानालाई २-१ ले हराउँदै प्रदीपले उपाधि जितेका हुन् । उपाधि रक्षा गर्ने क्रममा प्रदीपले […]
February 20, 2025
सुमन अधिकारी, बुटवल सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको मेन्स सिंगलको फाइनलमा नेपालका नम्बर वनका प्रदिप खड्का र बुटवलका रितिक रानाबिच प्रतिष्पर्धा हुने भएको छ । प्रदिप र रितिकबिच यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाण्डौमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रेको फाइनल खेलेका थिए। पहिलो सेमिफाइनलमा प्रदिपले निहाल जेवी थापालाई […]
February 19, 2025
सुमन अधिकारी, बुटवल सुनिरा थापाले तेस्रो मेयर कप तथा सातौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको वुमन्स सिंगलको उपाधि जितेकी छिन् । गत वर्षकी विजेता एवम् शीर्ष वरियता अभिलाषा विष्टलाई बुधवार पराजित गर्दै सुनिराले उपाधि जितेकी हुन् । सिंगलमा भगवती विक तेस्रो भएकी छन् । फाइनलका दौरानमा घाइते भएपछि अभिलाषाले मैदान छाडेकी थिइन् । दोस्रो सेट […]