3 years ago
January 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइटिटिएफ फाउन्डेसन, जर्मनीले स्ट्याग इन्टरनेशनल प्रशिक्षक नरेश रावललाई विश्व टेबल टेनिस दिवस २०२२ को एउटा अधिकारी प्रमोटरको रूपमा चयन गरेको छ । अन्तर्राष्ट्रिय आइटिटिएफ लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका रावलले अप्रिलमा पिङ पोङ कूटनीतिमा आधारित कार्यक्रम सञ्चालन गर्ने छन् ।
प्रशिक्षक रावलका अनुसार उनी आफैले सञ्चालन गरेको कमजोर आर्थिक पृष्ठभूमिका बालबालिकालाई निःशुल्क टेबुल टेनिस तालिम र टेबुल टेनिस खेलकुदका सामाग्री उपलब्ध गराउने “ स्ट्याग सरोज टेबुल टेनिस फोर अल क्लब“ मा सञ्चालन गर्न लागिएको हो । आईटिटिएफजर्मनी द्वारा विश्वभरबाट मात्र २५ जनालाई आधिकारिक प्रमोटरको रूपमा छनोट गरेको छ ।
रावलले यसअघि नै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू जस्तै रिमोट ट्रेनिङ, डब्लु टीटी डे २०२१, माई जेन्डर माई स्ट्रेंथ आदि मा सहभागिताको साथै आयोजना समेत गरिसकेका छन् । रावलले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमको लागि आफूलाई छनोट गरेकामा आइटिटिएफ जर्मनी र अखिल नेपाल टेबुल टेनिस संघलाई धन्यवाद दिएका छन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सिंगल्स उपाधि जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको शनिवार भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शिर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४ र ११–५ को सेटमा पराजित गरे । […]
February 25, 2025
सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ब्याडमिन्टन एसियाका सिनियर अम्पायर दीपक थापाले फागुन १३ देखि १८ गते सम्म हुने श्रीलंका इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जको अम्पारिङ गर्ने भएका छन् । रियो ओलम्पिक २०१६ मा लाइन जजको भूमिका निर्वाह गरेका थापा काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पनि हुन्। थापा इभेन्ट म्यानेजमेन्ट कम्पनी माइसका प्रबन्ध निर्देशक हुन्।