default_image

3 years ago

December 4, 2021

च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल

168 views

0 Bookmark


विजय नेपाली,पोखरा

खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहदैन । खेल स्तर घट्छ । कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेल भनेको सामान्य हुने कुरै भएन । त्यहाँ खेलाडीले आफ्नो भएको सम्पूर्ण शक्ति लगाएर खेलेकै हुन्छन् । जसका लागि आराम निकै महत्वपूर्ण कुरा हो ।

तर, नेपालकी सलोनी तामाङले भने २४ घण्टामा ४ खेल खेलिन् । त्यो पनि २ सेमीफाइनल र ४ फाइनल खेल । महिला खेलाडी लगातार खेल खेल्दै च्याम्पियन बन्न सफल रहिन् । शुक्रबार व्यक्तिगत प्रतिस्पर्धामा भारतीय खेलाडीसंग भिड्दै फाइनल प्रवेश गरेकी सलोनीले शनिबार व्यक्तिगत प्रतिस्पर्धामा फाइनल खेलिन् । सामुहिक तर्फको सेमिफाइनल र फाइनल खेलिन् । उनले सबै खेलमा जित निकाल्दै उपाधि हात पारिन् ।

उनी जुनिएर आइटिएफ वल्र्ड टेनिस टुरको व्यक्तिगत तथा सामुहिक तर्फ च्याम्पियन बन्न सफल भइन् । व्यक्तिगत महिला प्रतिस्पर्धामा सलोनीले भारतकी हान्नह नागपाललाई हराउँदै स्वर्णपदक हात पारिन् । सनोली सामू नागपाल निहिर बनिन् । सलोनीले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पारिन् ।

एक समय ५–२ ले पछि परेकी सलोनीले खेलमा एकाएक हाबी हुदैँ उल्टै ७–५ ले जित आफ्नो नाम गराइन् । दोस्रो सेटमा भने नागपालले कुनै अंक जोड्न सकिनन् । दोस्रो सेटमा सलोनीले ६–० को सेटमा हराउँदै स्वर्णपदक आफ्नो पक्षमा पारिन् । नागपालले रजत पदकमा चित्त बुझाउनुपर्यो। विजेतासंगै सलोनीले ३० अंक बटुलेकी छिन् । नागपालले भने १८ अंक प्राप्त गरिन् ।

यस अघि शुक्रबार सलोनीले सेमिफाइनल खेलमा भारतकी सुकमणी भण्डारीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् । नागपालले भने सेमिफाइनलमा मेहेर मिश्रलाई हराउँदै फाइनलमा सलोनीसंग भेट गरेकी थिइन् । सलोनीले ४ खेल खेल्दा निकै थाकेको बताइन् । भारतीय खेलाडीसंग व्यक्तिगत प्रतिस्पर्धामा च्याम्पियन बन्नका लागि खेल्दा नै उनले कम्ब्याक गरेकी थिइन् ।

‘हिजो पानी परेर हाम्रो खेल हुन पाएन । हिजो खेल नहुदा आज खेल्न प¥यो’ सलोनीले भनिन्,‘ आयोजकलाई पनि खेल आजै सक्नुपर्ने बाध्यता थियो । धेरै थकान हुदाँ हुदैँपनि जित्नु मेरो लागि महत्वपूर्ण थियो र सफलता पनि पाए । ’ उनले फाइनल र सेमिफाइनलमा भारतको सामना गर्नुपरेको थियो । ‘सबैटिम भारतसंगै हारिरहेको थियो । निकै डर लाग्यो तर, आत्मबल हारिन् थकाइको वेवास्ता गरे’ उनले थपिन्,‘नेपालमा टेनिसको सम्भावना छ । यस्को प्रचार प्रसार हुन सकिरहेको छैन् प्रचार प्रसार भए लोकप्रियता हुन्छ अनि खेलको महत्व अझ बढ्छ ।’

उता महिला समुहगत तर्फ नेपालकै खेलाडीबिच फाइनलमा भिडन्त भएको थियो । उक्त खेलमा अभिलाषा विष्ट र सलोनी तामाङकै जोडीले इशाश्री शाह र श्रवणी श्रेष्ठको जोडिलाई हराउँदै स्वर्ण जितेका हुन् । अभिलाषा र सलोनीको जोडिले शनिबार नै भारतकी दिव्या भाटिया र मेहेर मिश्रको जोडिलाई सेमिफाइनलमा हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

पुरुष व्यक्तिगत तर्फ स्विडेनका इमिलियो गिएलोस्कीले स्वर्णपदक हात पारे । उनले भारतका दकस प्रसादलाई ६–२, ५–७ र ७–६ को सेटमा हराउँदै उपाधी चुमेका हुन् । पुरुषतर्फको सामूहिक प्रतिस्पर्धामा अमेरिकाका एमेथ्रि बारोट र सिद्धार्थ लामाको जोडिले स्वार्ण जिते ।

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

March 31, 2025

स्पेनिस प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

Success

Thank you for your time.