3 years ago
December 1, 2021
विजय नेपाली, पोखरा
नेपाली खेलाडी इशाश्री शाह र श्रवनी श्रेष्ठको जोडी पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तर्गत महिला युगलको सेमिफाइनलमा पुगेको छ । बुधबार इशाश्री र श्रवनी जोडीले भारतकी श्रीतन्वी दसारी र भिन्सिका मारीको जोडीलाई ६–२ र ६–२ सेटमा हराउँदै अन्तिम चारमा पुगेको हो ।
त्यस्तै सोही इभेन्टमा अभिलागा विष्ट र सलोनी तामाङको जोडी क्वाटरफाइनलमा पुगेको छ । अभिलागा र सलोनीको जोडीले भारतकी सुकमनी भण्डारी र हाना नागकी जोडीलाई ७–५ र ६–४ ले हरायो ।
बुधबार समग्रमा २१ खेल सम्पन्न भएका छन् । पुरुष व्यक्तिगत तर्फ ८ खेल र महिला व्यक्तिगत तर्फका ८ खेल सम्पन्न भएका छन् । महिला तर्फका ४ तथा पुरुष तर्फ १ खेल सम्पन्न भए । पुरुष तर्फको उक्त खेलमा नेपालका आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीले भारतका हितेश चौहान र चन्दन शिवरलाई ७–६ र ६–१ को सेटमा हराए ।
व्यक्तिगत तर्फभने नेपालकी सलोनी तामाङले मात्रै जित हात पारिन् । उनले पुनरागमन जित निकालिन । पहिलो सेटमा ६–३ को सेटमा हारेकी सलोनीले दोस्रो र तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्सनी गर्दै जित हात पारिन् । उनले भारतकी सोहिनी संजय मोहन्तलाई ३–६, ६–४ र ७–५ को सेटमा हराउँदै जित हात पारिन् ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]