3 years ago
November 29, 2021
पोखरा (हाम्रो खेलकुद) –पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।
पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा विष्टले भारतकी म्रुन्मेयी जोशीलाई २–० को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् । उनले ६–० र ७–५ को सेटमा हराइन् ।
यस्तै प्रकृती श्रेष्ठले बेल्जियमकी मिया क्रिस्टेभालाई २–० कै सोझो सेटमा हराइन् । उनले ६–२ र ६–४ को सेटमा हराईन् । यस्तै अद्या पौडेलले भारतकी मेल्लि चुगलाई ६–१ र ६–० ले हराइन् । यस्तै नेपालकी रोमिका बुद्धचार्य र श्रेया भट्राई भने भारतसंग हार व्यहोर्न प¥यो । रोमिका विन्शिखा मारिया भिजाभसन्थ भिज्ञसंग र श्रेया हानह नागपालसंग हार्न पुगिन् ।
यस्तै समूहगत स्पर्धामा भने नेपालकी इशाश्री शाह र श्रवणी श्रेष्ठको जोडिले बेल्जियमकी मिया क्रिस्टेभिन र नेपालकी सुनिरा थापाको जोडिलाई ६–२ र ६–१ के सेटमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । यस्तै भारतकी नियाती कुक्रेति र सोहिनी संजय मोहन्तको जोडी, श्रीतान्भी दसरी र भान्सिका मारिया भिजा तथा अमेरीकाकी समिक्षा एन्एम र रिसितारेड्डि वासिरेड्डीको जोडी क्वाभटरफाइनलमा प्रवेश गरेकी छिन् ।
पुरुष तर्फको खेलमा भने नेपाली खेलाडीले जित हात पार्न सकेनन् । आज पुरुष व्यक्तिगत तर्फका खेलहरु भएका थिए । पुरुषतर्फ सहभागित १० नेपाली खेलाडीले हार व्यहोरेका छन् । निहलजंग बहादुर थापा स्विडेनका इमिलियो जिएलोस्किसंग, निशान श्रेष्ठलाई भारतका धनञ्जय अथ्रेयाले, आयुषमान घलेलाई इजरालयका हलेल आसहोसले,इभ्याक जोशीलाई हङ्गेरीका लोरन्त ग्योरी, निश्चिल कायस्थलाई भारतका ओमानश चौधरीलाई पराजित गरे ।
त्यस्तै एकी जुबेन रावतलाई अमेरिकाका मिथ्रि बारोट, प्रनभ मानान्धरलाई डेन्मार्कका अलेक्सजेन्डरले, इशान गुरुङ, ग्रिभन जंग थापा र प्रसिद्ध मोक्तानलाई भारतका वोयत ओबरिन, चन्दन शिवराज र दकस प्रसादले हराए ।
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व स्क्वास वरीयतामा पाँचौं स्थानमा रहिसकेका बोर्खा गोलानले नेपाली खेलाडीलाई प्रशिक्षण दिने भएका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमवार एक कार्यक्रमको आयोजना गर्दै स्पेनका लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गरेको छ । गोलानले एक हप्ता नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । सन् २०१४ मा गोलान विश्व स्क्वास वरीयतामा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]