default_image

3 years ago

September 20, 2021

एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबलाई

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबले हात पारेको छ ।

फाइनलमा भने एफ वा एफ सिलाई २–० ले पराजित गर्दै सिम्रिकले उपाधि जितेको हो । विजेता क्लबले नगद तीन हजार डलर सहित उपाधि प्राप्त गर्दा उपविजेताले नगद एक हजार डलरमा चित्त बुझायो ।

यहि सेप्टम्बर १९ मा मेन्सफिल्ड स्थित फुटबल मैदानमा नाइन ए साइड प्रतियोगितामा भाग लिएका नेपाली क्लबहरुविच भएको प्रतिस्पर्धामा समूह पहिलो चरणदेखि फाइनलको यात्रासम्म बिना कुनै हार सिम्रिक क्लबले उपाधि हात पारेको हो । प्रतियोगितामा ब्रिसवेनका १२ नेपाली क्लबले भाग लिएका थिए ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक सिम्रिक क्लबका शैलेन्द्र बस्नेत छानिएका थिए भने फाइनल खेलको प्लेयर अफ द म्याच सिम्रिककै नरेन्द्र रावलले जितेका थिए । यसैगरि सर्वोत्कृष्ट खेलाडी भने एफ वा एफ सि फुटबल क्लबका रोशनलाई दिइएको थियो ।

लेण्ड एण्ड लिज रियल स्टेट्स, माइट्स ईन्टरनेसनल र क्विसन्फोर्ड कलेजले प्रायोजन गरेको सिम्रिक फुटबल क्लबले नेपालीहरु बिच भएको प्रतिस्पर्धामा स्थापना भए यता यो नै पहिलो उपाधी भएपनि, यसै बर्ष फुटबल क्विन्ल्यान्डले आयोजना गरेको कम्युनिटी लिग (ह्वाइट)को पनि प्रिमियर उपाधि जितिसकेको छ ।

March 6, 2025

नागोयामा नेपाली समाजको गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – एफसी धरान नागोया जापानको आयोजनामा स्माइल्स मोबाइल रेमिटेन्स गोल्ड कप हुने भएको छ । आयोजकले दोस्रो संस्करणका लागि ७-ए-साइड प्रतियोगिता गर्न सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । मार्च ९ मा हुने प्रतियोगिताको विजेताले ४ लाख १४ हजार येन प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १२ हजार यनमा चित्त बुझाउनेछन् […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.