default_image

3 years ago

March 16, 2022

यती एफसी रातो च्याम्पियन

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक यती एफसीको रातो टोलीले कँडेल कन्सल्टेन्सी कपको एघारौं संस्करणको उपाधि जितेको छ । फाइनलमा आयोजककै अर्को टोली यती एफसी निलोलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै रातो टोलीले उपाधि जितेको हो ।

विजेता यती रातोले उपाधिसँगै ट्रफी र ४ हजार ५ सय डलर अष्ट्रेलियन डलर हात पार्न सफल भयो । दोस्रो भएको यती निलोले दुई हजार डलरमा चित्त बुझायो । प्रतियोगिताको तेस्रो स्थान गिरीश इभेन्ट स्पोर्टिङ क्लबले हासिल गर्दा फेयर प्लेको अवार्ड एडिलेड ड्रागन एफसीले हात पार्यो ।

यती रातोका विवेक प्रताप पन्तले सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । नेपालको यू-२३ उमेर समूह र त्रिभुवन आर्मी क्लबबाट समेत खेलेका उनले दुई पटक एसीएल शल्यक्रियापछि पुनरागमन गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । यती निलोका एलन न्यौपाने उत्कृष्ट गोलकिपर भए । राष्ट्रिय टोलीका सदस्य रहिसकेका उनले थ्री स्टार क्लब र च्यासल युवा क्लबबाट खेलेका छन् ।

सर्वाधिक गोलकर्ताको पुरस्कार गिरीश इभेन्ट स्पोर्टिङ क्लबका विकास गौचन, रोयल वेस्टर्न एफसीबाट जगजित श्रेष्ठ र यति एफसी निलोबाट सुलभ मास्केले हात पारे । जगजित ए डिभिजनमा आर्मीबाट खेलेपछि अष्ट्रेलिया पुगेका हुन् । उनी थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको प्रशिक्षणमा परेका छन् ।

३५ वर्ष माथि उमेर समुहको प्रतिस्पर्धामा पारा पार्कले उपाधि जित्यो । माछापुच्छ्रे एफसी फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको फेयर प्ले टीम क्रेगिबर्न ब्रिगेड एससीले हात पार्यो भने सर्वोत्कृष्ट खेलाडी राइज लिम्बु बन्न सफल भए । पारा पार्क एफसीबाट कुनाल योन्जनसर्वाधिक गोलकर्ता, पाराकै समिर तुलाधर उत्कृष्ट गोलरक्षक तथा फाइनलको म्यान अफ द म्याच बन्न सफल भए।

१२ मार्च र १३ मार्चमा भएको प्रतियोगितामा मेल्बर्न, सिड्नी, क्यानबेरा, तास्मानिया र एडीलेडबाट गरेर खुल्ला उमेर समुहमा २४ टीम तथा फरएभर योङ (३५ माथि) उमेर समुहमा ९ टीम गरेर जम्मा ३३ टिमका ६६० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

March 6, 2025

नागोयामा नेपाली समाजको गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – एफसी धरान नागोया जापानको आयोजनामा स्माइल्स मोबाइल रेमिटेन्स गोल्ड कप हुने भएको छ । आयोजकले दोस्रो संस्करणका लागि ७-ए-साइड प्रतियोगिता गर्न सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । मार्च ९ मा हुने प्रतियोगिताको विजेताले ४ लाख १४ हजार येन प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १२ हजार यनमा चित्त बुझाउनेछन् […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.