6 years ago
April 21, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा गण्डकी प्रदेशका पुरुष र महिलाको दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा गण्डकीले पुरुषतर्फ कर्णाली प्रदेशलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्दा महिला टोलीले विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउदै एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएका हुन् ।
गण्डकी प्रदेश पुरुषतर्फ समूह ‘क’ को उपविजेता बन्दा आर्मी एक खेल अगावै समूह विजेता बन्यो । गण्डकीले कर्णाली प्रदेशलाई २५–१७, २५–१४ र २५–२१ ले हराउदै चार खेलबाट ९ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो । अब आर्मीले कर्णाली प्रदेशसँग खेल्न बाँकी छ ।
महिला तर्फ निकै नै महत्वपुर्ण खेलमा गण्डकीले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भयो । गण्डकीले सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकाल्न सफल भएको हो । गण्डकीले आर्मीमाथि १३–२५, १७–२५, २५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्यो ।
पुरुषतर्फ समुह ‘ख’ बाट नेपाल पुलिस क्लब विजेता तथा नेपाल एपीएफ समूह उपविजेता बन्दै अन्तिम चारको यात्रा तय ग¥यो । खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि २५–१३, २५–२०, १७–२५ र २७–२५ ले जित्न सफल भयो ।
महिलातर्फ गण्डकीसँगै प्रदेश ३, एपीएफ र पुलिसले सेमिफाइनलमा स्थान बनायो । प्रदेश ३ ले कर्णली प्रदेशलाई २५–४, २५–१२ र २५–१८ को तथा एपीएफले सुदुरपश्चिम प्रदेशलाई २५–८, २५–१३ र २५–१० को सोझो सेटमा पाखा लगायो ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]