7 years ago
June 18, 2018
मस्को (एजेन्सी)– साविक विजेता जर्मनी पहिलो खेलमा पराजित भएपनि समूह ‘एफ’ रोचक बन्ने अपेक्षा गरिएको छ । समूह को पहिलो खेलमा अपेक्षा विपरित मेक्सिकोले जर्मनीलाई १–० ले हराएको थियो । त्यहि समूहमा सोमबार दक्षिण कोरिया र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।
जर्मनीको हारपछि स्वीडेन र दक्षिण कोरिया दुवै टोलीले एकअर्कासँग सचेतापूर्वक लिनेछन् । पहिलो खेलको हार नकआउट चरण पुग्ने सम्भावना कमजोर हुने भएकाले दुवैले आजको खेल गुमाएर आफ्नो टोलीमाथि थप संकट निम्त्याउन चाहनेछैनन् । स्वीडेन १२ वर्षपछि विश्वकपमा फर्केका छ ।
यद्दपी टोलीका पूर्व कप्तान एवंम् अनुभव स्ट्राइकर ज्लाटान इब्राहिमोभिच हुने छैनन् । प्ले अफमा इटालीलाई हराउँदै स्वीडेनले यसपटकको विश्वको यात्रा तय गरेको थियो । दक्षिण कोरिया चार वर्षअघि भन्दा राम्रो प्रदर्शनको अपेक्षामा रहेको छ ।
जति बेला टोली समूह चरणमा सान्त्वना अंक लिएर पहिलो चरणबाटै बाहिरिएको थियो । सन् १९५८ मा घरेलु भूमिमा आयोजना भएको विश्वकपमा उपविजेता बन्नु स्वीडेनको अहिले विश्व कपको उच्च प्रदर्शन हो ।
त्यस्तै २००२ मा जापानसँग संयुक्त रुपमा आयोजना गरेको विश्व कपको सेमिफाइनल पुग्ने कोरियाको अहिले सम्मको उच्च प्रदर्शन हो । २०१० को विश्व कपमा टोली अन्तिम १६ सम्म पुगेपनि ब्राजिल विश्वकपमा भने टोली निराश बनेर फर्केको थियो । कोरियामा टोटनह्यामका फरवार्ड सन ह्योङ–मिनको उपस्थितीले टोलीको मनोबल उच्च छ । टोलीको यो लगातार नवौं विश्व कप सहभागिता हो ।
पहिलो खेलमा जर्मनी मेक्सिकोसँग १–० ले पराजित भएपछि अब बाँकी खेल थप प्रतिस्पर्धात्मक र कठिन हुने अपेक्षा गरिएको छ । स्वीडेन र दक्षिण कोरियाबीचको विजेताले अघिल्लो चरणको सम्भावनालाई बलियो बनाउने भएकाले दुवै टोलीले जितका लागि निश्चित प्रयास गर्नेछन् ।
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]
February 22, 2025
एजेन्सी – अस्ट्रेलियाले इङ्ल्याण्ड विरुद्धको च्याम्पियन्स ट्रफीमा टस जितेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा टस जितेर अस्ट्रेलियाले इङ्ल्याण्डलाई पहिला ब्याटिङको लागि आमन्त्रण गरेको छ। यो समूहमा रहेको दक्षिण अफ्रिका फराकिलो रन रेट सहित शीर्ष स्थानमा रहेका कारण दुवै टोलीलाई सेमिफाइनलको यात्रा तय गर्न यो खेल महत्वपूर्ण रहेको छ । अस्ट्रेलिया सन् २००६ को पाँचौ […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]