default_image

6 years ago

May 28, 2018

हामी उत्कृष्ट होइनौं – मेस्सी

47 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १६ बाकीं रहँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी आफ्नो टोली सबैभन्दा उत्कृष्ट नरहेको बताएका छन् ।

एक स्पेनिस टिभि प्रोग्राममा बोल्दै मेस्सीले भने, “मेरो तथा पुरा टोलीका लागि ठूलो चुनौति अगाडी आउँदै छ । राष्ट्र र हाम्रो टोलीको सपना एउटै हो र यसले पनि थप जिम्मेवारी हामीमा थपेको छ ।”

मेस्सीले थपे, ” हामी धैर्य हुनु पर्छ र हामी विश्वको उत्कृष्ट टोली हुने क्षमता राख्छौं भन्ने सन्देश पनि पुर्‍याउन पर्छ । अहिले भने हामी उत्कृष्ट होइनौं र यथार्थ यही हो । तर, केन्द्रित भयौं भने त्यो सम्भव छ ।”

त्यस्तै सबै खेललाई एक पछि अर्को गर्दै हेर्ने मेस्सीले बताए । आइसल्यान्ड, नाइजेरिया र क्रोएसिया तीनै टोली बलिया रहेकाले समूह चरण कठिन नै हुने उनले बताए । त्यसैगरी आफ्नो करियर बार्सिलोनामै टुङ्गाउने सङ्केत समेत मेस्सीले दिए ।

के अघिल्लो पटकको उपविजेता अर्जेन्टिनाले यस वर्षको विश्वकप जित्ला?

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध नेपालले मध्यम योगफल तयार गरेको छ । क्यानडाको किङ्ग सिटीमा जारी खेलमा नेपालले ओमानलाई २ सय २१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल […]

September 18, 2024

दक्षिण अफ्रिकामाथि अफगानिस्तानको ऐतिहासिक जित

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ । दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो । युएईको शारजहामा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ […]

Success

Thank you for your time.