default_image

6 years ago

May 23, 2018

नेयमारको फिटनेस परिक्षण सम्पन्न

31 views

0 Bookmark

रियो (एजेन्सी) – ब्राजिलका सुपरस्टार फरवार्ड नेयमार विश्वकपको पहिलो खेलदेखि पुरै फिटनेसमा फर्कने सुरमा छन् । यसैक्रममा आफ्नो फिटनेसको अवस्था बुझ्न नेयमारले मंगलबार विभिन्न परिक्षणहरु लिएका छन् ।

फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनको लागि खेल्ने क्रममा खुट्टामा चोट बोकेका नेयमारले सिजनको दोस्रो भागमा सहभागिता जनाएनन् । २६ वर्षीय नेयमार क्लब फुटबलमा चोटपछि नखेलेपनि ब्राजिलका प्रशिक्षक टिटेले उनलाई टोलीमा समेटेका छन् । उनले विश्वकप अघिका मैत्रीपूर्ण खेलमा केहि समय खेलेर विश्वकपको पहिलो खेलसम्म पूर्ण रुपमा फिट हुने अभिव्यक्ति दिएका थिए ।

नेयमारले फेब्रुअरी महिनामा मार्सेविरुद्ध घरेली मैदानमा भएको खेलमा चोट बोकेका थिए । उनको टोलीले ३-० को अग्रता लिएको अवस्थामा विपक्षी टोलीका बौना सारको ट्याकलका कारण नेयमार घाइते भएका थिए । ट्याकल लागेकै बेलामा मैदानमा लडेका नेयमारले त्यसयता कुनै खेल खेलेका छैनन् ।

नेयमारको खुट्टाको हड्डी भाँचिएको र कुर्कुच्चा पनि मर्किएको थियो । उनले चोट बोकेलगत्तै विश्राम लिएर उपचार सुरु गरेका थिए । त्यसका लागि केहि समय नेयमार ब्राजिल पनि फर्केका थिए ।  फिटनेस परिक्षणका दौरान नेयमारले सुखद पुनरागमन गर्ने लक्षण देखाएको बुझिएको छ ।

परिक्षण गर्ने समयमा नेयमारले विभिन्न ड्रिलहरु गरेका थिए । कुनै सहयोगबिना परिक्षण गरेका नेयमारले दुवै खुट्टाको बलमा उफ्रिएका छन् । उनले दुवै खुट्टा प्रयोग गरेर बल प्रहार पनि गर्न थालेका छन् । ब्राजिलले विश्वकप अघि हुने मैत्रीपूर्ण खेलमा क्रोएसिया र अस्ट्रियाको सामना गर्नेछ । विश्वकपमा ब्राजिलको समूहमा सर्बिया, कोस्टारिका र स्विटजरल्यान्ड छन् ।

October 2, 2024

क्यानडासँग नेपालको अर्को हार

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीसँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ । क्यानडाको किंग सिटीमा मंगलवार भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका […]

October 2, 2024

ललितपुरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो । ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट […]

October 2, 2024

एसिया रग्बी इमिरेट्स सेभेन्सका लागि सहभागी टोली आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ। आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ। करिब तीन महिनादेखि […]

Success

Thank you for your time.