default_image

6 years ago

May 22, 2018

‘ब्राजिल र जर्मनीको विश्वकप जित्ने सम्भावना बढी’

53 views

0 Bookmark

 लण्डन (एजेन्सी) – बेलायतको चर्चित ‘बेटिङ’ वेबसाइट सन बेट्सका अनुसार यस वर्षको विश्वकप जित्ने ब्राजिल र जर्मनीको सम्भावना बढी रहेको छ ।

हिजो स्पेन र बेल्जियमले आफ्नो विश्वकप टोलीको घोषणा गरेसँगै बजारमा ठूलो हलचल भएको सन बेट्सले बताएको छ । स्पेनले आफ्नो टोलीमा सेस्क फ्याब्रिग्यास, मार्कोस अलोन्सो, एल्भारो मोराटा र हेक्टर बेल्लेरिनलाई सामेल गरेन ।

अर्को तर्फ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले मिडफिल्डर राड्जा नाइनगोलानलाई टोलीमा स्थान दिएनन् । नाइनगोलानले सो खबरसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास पनि लिए ।

स्पेन यस वर्षको विश्वकप जित्न तेस्रो सम्भावित टोली रहेको छ भने जर्मनी र ब्राजिलको समान सम्भावना रहेको सन बेट्सले जनाएको छ । फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र अर्जेन्टिनाको सम्भावना भने तुलनात्मक रुपमा न्युन रहेको बताइएको छ ।

विश्वकप २०१८ दाबेदार राष्ट्रको टोली यहाँ हेर्नुहोस्:

ब्राजिलअर्जेन्टिना, जर्मनीस्पेन, फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड, पोर्चुगल

October 2, 2024

क्यानडासँग नेपालको अर्को हार

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीसँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ । क्यानडाको किंग सिटीमा मंगलवार भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका […]

October 2, 2024

ललितपुरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो । ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट […]

October 2, 2024

एसिया रग्बी इमिरेट्स सेभेन्सका लागि सहभागी टोली आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ। आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ। करिब तीन महिनादेखि […]

Success

Thank you for your time.