7 years ago
May 13, 2018
लिवाङ(हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब पुरुषतर्फ र नेपाल एपिएफ क्लब महिलातर्फको समूह विजेता बन्दै सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोल्पाको राजधानी लिवाङमा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश नम्वर ५ लाई २९–२७, २५–१७ र २५–१५ को सोझो सेटमा हराउदै समूह ‘क’ को विजेताको रुपमा क्वाटर फाइनलमा स्थान बनाएको हो । पुरुषतर्फको अन्य खेलमा प्रदेश नम्वर ५ ले प्रदेश नम्वर ३ लाई २५–१४, २५–१८, २३–२५ र २५–१९ को सेटमा हराउदै समूह ‘क’ को उपविजेताको रुपमा क्वार्टरफाइनलमा पुग्न सफल भयो । यस्तै पुलिसले प्रदेश नम्वर ४ लाई २५–२३, २५–१६ र २५–१८ को सोझो सेटमा हराए र समूह ‘घ’ को बिजेताको रुपमा क्वाटर फाइनलमा स्थान बनाउला प्रदेश नम्वर ४ ले प्रदेश नम्वर ७ लाई २५–१४, २५–१६ र २५–१४ को सोझो सेटमा अन्मि आठमा स्थान बनायो । क्वार्टरफाइनलमा आर्मीले प्रदेश नम्वर २, एपीएफले प्रदेश नम्वर ५, पुलिसले प्रदेश नम्वर ६ र प्रदेश नम्वर ४ ले प्रदेश नम्वर १ सँग प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ एपिएफ, आर्मी, पुलिस र प्रदेश ३ ले सफलता हात पादै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेका छन् । समूह ‘क’ को खेलमा एपीएफले आर्मीलाई २५–१३, २५–११ र २५–११ को सोझो सेटमा जित निकाल्यो । पहिलो खेलमा पराजित भएको आर्मीले दोस्रो खेलमा प्रदेश नम्वर ४ लाई २५–१२, २५–८, २०–२५ र २५–१२ को सेटमा हराउदै उपबिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनायो । यस्तै पुलिसले प्रदेश नम्वर ३ लाई २५–७, २५–१० र २५–८ को सोझो सेटमा तथा प्रदेश नम्वर ३ ले प्रदेश नम्वर ७ लाई २५–२३, २५–२१ र २५–१८ को हरायो । आर्मीले प्रदेश नम्वर २, पुलिसले प्रदेश नम्वर १, प्रदेश नम्वर ३ ले प्रदेश नम्वर ५ सँग क्वाटरफाइनलमा भेट पक्का गरेको छ ।
जेठ २ गतेसम्म संचालन हुनेछ । पुरुष महिला दुवै समूहका टिमलाई चार समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भैरहेको छ । प्रतियोगिताका दुवै समूहका विजेता टिमले समान ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५५ लाख खर्च हुनेछ । प्रतियोगिताको पुरुष र महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको सहभागिता रहेको छ ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]