7 years ago
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्डका लागि डिस होम मिडिया नेटवर्क लिमिटेडसँग सम्झौता नवीकरण गरेको छ ।
मञ्चले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिस होमसँग ७ लाखमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै डिस होमले अवार्डको लागि ४ लाख ७० हजार नगद र २ लाख ३० हजार बराबरको डिस होमको सामग्री उपलब्ध गराउनेछ । डिस होम विगत ८ वर्षदेखि मञ्चको अवार्डसँग जोडिएको छ ।
सम्झौतामा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र डिस होमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदिप आचार्यले हस्ताक्षर गरे । सम्झौतासँगै अवार्डको नाम अनुसार डिस होमले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ इन एशोसियसन विथ डिस होम एक्सन स्पोर्टस्’ हुनेछ ।
सम्झौतापछि डिस होमका सिइओ सुदिप आचार्यले अवार्डसँग विगत लामो समयदेखि जोडिरहन पाउनु खुशीको कुरा रहेको बताए । यस्तै मत्तचका अध्यक्ष महेश आचार्यले अवार्ड ग्रो हुदै गएको अवस्थामा डिस होमसँगको सहकार्य पनि ग्रो हुदै गएको बताए ।
यसपटको अवार्डको मनोनयनमा पर्ने सबै २८ खेलाडी र एसएमएस भोटिङकबो लक्की ५ विजेता गरी ३३ जनाले डिस होमको सेटप बक्स प्राप्त गर्नेछ । विजेतालाई एक वर्षको रिचार्ज निशुल्क गरिनेछ । यस्तै मनोनयनमा परेका खेलाडीले २ हजारको रिचार्ज कार्ड र सेटप बक्स प्रखान गरिनेछ ।
यसवर्षको अवार्ड आगमी बिहिबार जेठ ३ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । यो वर्षपनि विभिन्न ८ विधामा नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डबाट सम्मान गरिनेछ । जसमध्ये पिपल्स च्वाइस अवार्ड २०७४ को लागि ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । अन्य ४ विधाको मनोनयन केही दिनमै गर्ने मञ्चले जनाएको छ ।
विगतमा वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । उक्त पुरस्कारलाई यसपाली पनि निरन्तरता दिइनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ । पल्सर स्पोर्ट्स अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सबै खेल सकिएका छन् । महिला र पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। पुरुषतर्फ […]