7 years ago
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।
तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद
त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले रोमाञ्चक खेलमा पहिलो सेट २५-१८, तेस्रो २५-१० र चौथो सेट २५-२३ले आफ्नो पक्षमा पारेको हो। न्यु डायमण्डले दोस्रो सेट २५-२१ ले जितेको थियो।
एपिएफले आजै हुने दोस्रो सेमिफाइनलको विजेतासंग भोली फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टोली भिड्दै छन्।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]