default_image

7 years ago

May 4, 2018

प्रतिस्पर्धात्मक खेलमा पुलिससँग शिवम् न्यु डायमण्ड पराजित

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्यो।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

Nepal Police Club

त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिसले पहिलो सेट २५-१२ ले हात पारेको थियो। दोस्रो सेट न्यु डायमण्डले २५-१६ ले जित्दै बराबरी गरेपनि पछिल्लो दुई सेटमा डायमण्ड पराजित भयो ।

तेस्रो सेटको अधिकांश समय अग्रतामा बसेको डायमण्ड २६-२४ ले पराजित भयो भने चौथो सेट पुलिसले २५-१९ ले कब्जा गर्यो। अघिल्लो संस्करणको उपविजेता न्यु डायमण्डले सेटर कृपा अधिकारीको कमी महसुस गर्यो। कृपाले नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएपछि क्लब छाडेकी थिइन।

Diamond vs Army

Police win

साविक विजेता एपिएफको विजयी सुरुआत

प्रतियोगिताको साविक विजेता नेपाल एपिएफले दोस्रो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सहजै पराजित गर्दै विजयी सुरुआत गर्यो। पहिलो सेट २५-३ ले जितेको एपिएफले पछिल्लो दुई सेट २६-६ र २५-७ ले जित्यो।

आजबाट सुरु भएको प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।

भोलीको खेल

नेपाल एपिएफ विरुद्ध पश्चिमाञ्चल – ११ बजे

नेपाल आर्मी विरुद्ध नेपाल पुलिस – १:३० बजे

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

कोशी अध्यक्षमा झापाका पराजुली

हिमाल खरेल, बिर्तामोड नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह […]

Success

Thank you for your time.