default_image

7 years ago

May 4, 2018

केएनपी महिला भलिबलमा आज पुलिस र शिवम् न्यु डायमण्ड भिड्दै

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आजबाट  चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। 

APF

फाइल तस्बिर: अघिल्लो संस्करण फाइनल जितेपछि सेल्फी लिँदै एपिएफका खेलाडी।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको छ।

आज नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ। न्यु डायमण्ड अघिल्लो संस्करणको उपविजेता हो। प्रतिस्पर्धात्मक फाइनलमा न्यु डायमण्ड एपिएफसँग ३-२ ले पराजित भएको थियो। त्यस्तै नेपाल पुलिस क्लब भने तेस्रो स्थानको खेलमा पश्चिमाञ्चलसँग पराजित भएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन

मितिः–२०७५ बैशाख २१ गते,शुक्रबार ।
समयः– अपरान्ह १२ः३० बजे ।
स्थानः– राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल,त्रिपुरेश्वर ।

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

कोशी अध्यक्षमा झापाका पराजुली

हिमाल खरेल, बिर्तामोड नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् । सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका व्यवसायी तथा उद्यागी पराजुलीको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह […]

Success

Thank you for your time.