9 years ago
December 15, 2015
काठमाडौँ
सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् ।
मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय टोलीकाी समेत सदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा न्यू डायमन्डले धादिङलाई अन्डर ७ अंकमै रोक्यो ।
पहिलो सेट २५–३ ले जितेको डायमन्डले त्यसपछिको दुई सेट २५–७ र २५–४ ले जितेको थियो । यस्तै ढोरपाटन भलिबलकै सफल टिम पश्चिमाञ्चलले पनि त्रिभुवन आर्मी क्लबमाथि २५–१७, २५–१४ र २५–१२ को सहज जित निकाल्यो । मंगलबार भएका अन्य खेलहरुमा धादिङ कलाकार संघले जानकी स्कुलमाथि २५–१५, २५–११ र २५–१८ को जित निकालयो ।
यस्तै चन्डेश्वरी युवा क्लब रामेछापले विन्दावासिनी स्कुलमाथि २५–८, २५–७ र २५–७ कै सहज जित निकाल्यो । एभरेष्ट स्कुल बुटवलले चितवनको जानकी स्कुलमाथि पनि ३–० कै जित निकाल्दा नेपाल पुलिस क्लबले एभरेष्ट स्कुलमाथि प्रतिस्पर्धात्मक जित निकाल्यो । पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१० ले जित्दा तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दा २५–२१ ले लै पुलिसले जित्न सफल भयो । लिगमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब लिगको शीर्ष स्थानमा छ । १३ खेल खेलेको एपीएफको ३९ अकं छ । दोस्रो स्थानमा रहेको न्यू डायमण्डको खेलबाट ३० अकं छ । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ६० हजार तथा उपविजेता टोलीले १ एक लाख ३० हजार प्राप्त गर्नेछन् ।
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]