9 years ago
December 8, 2015
सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ लिगको शिर्षस्थानमा कायमै छ । चौथो दिनको खेलसम्म अपराजित रहदै छ खेलबाट १८अकंका साथ शिर्षस्थानमा छ ।
मगंलबार एपीएफले दोहोरो सफलता हात पार्दै लगातार छैठो जित निकालेको छ । पहिलो खेलमा एपीएफले विजेश्वरी स्कूललाई २५–३, २५–४, र २५–४ तथा दोस्रो खेल श्री जानकी स्कुललाई २५–२,२५–८ र २५–३ को सोझो सेटमा पराजित गर्यो । प्रतियोगितामा दोश्रोमा रहेको न्यूडायमण्डले एभेष्ट स्कुललाई २५–१३,२५–७ र २५–७ को सोझो सेटमा हरायो ।
त्यसैगरी अर्को खेलमा पश्चिमाञ्चलले श्री जानकी स्कुल चितवनलाई २५–१०,२५–४ र २५–६ को सोझो सेटमा पाखा लागायो । नेपाल पुलिस क्लबले पनि धादिङ कलाकारलाई २५–५, २५–१० र २५–१० को सोझो सेटमा हरायो । चौथो प्रतिस्पर्धात्मकखेलमा एन्जलहर्ट स्कुले चण्डेश्वरी क्बललाई २५ –१८,२५–१८,२२–२५,२३–२५ र १५–७ को सेटमा पराजित गर्यो ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता विभिन्न १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ३० हजार पाउनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]