9 years ago
December 3, 2015
न्युडायमण्ड एकेडेमी र एपीएफ क्लब प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपमा उपाधि नजिक पुगेका छन् ।
जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा न्युडायमण्डले पुलिसलाई २५–१८,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो ।
उत्कृष्ट खेल प्रर्दशन गरेकी न्युडायमण्डकी प्रतिभा माली वमन अफ दी म्याच भईन् । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतिभालाई आईएमईले उपलब्ध गराएको गिफ्ट हेम्परले पुरस्कृत गरेका थिए ।
बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिस्ठानद्धारा आयोजित प्रतियोगितामाको दोश्रो सेमिफाईनल खेलमा एपीएफ क्लबले पश्चिमाञ्चललाई २५–९,२५–१६ र २५–१८ ले स्तब्ध पारेको थियो ।
एपीएफकी नेबिका चौधरी वमन अफ द म्याच भईन् । प्रतियोगितामा नेपाल भलिबल संघका पदाधिकारीले महत्वपुर्ण सहयोग गरेका छन् । अध्यक्ष दानवहादुर तामाङले तेश्रो स्थान हासिल गर्ने टिमलाई नगद १५ हजार उपलब्ध गराएका छन् ।
त्यस्तै उपाध्यक्ष मनोरंजन शर्माले बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट क्विईकर र बेष्ट सर्भरका जनहि १५ सय नगद उपलब्ध गराएका छन् ।
दोश्रो पुरस्कारको धन राशी ३५ हजारघका महासचिव जितेन्द्रवहादुर चन्द र प्रतियोगिता संयोजक एवं नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्केले संयुक्त रुपमा सौजन्य गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिका लागि नगद ३ हजार नेपाल भलिबल संघकी सदस्य सुनकेशरी मालीले सौजन्य गरेकी छिन् । फाईनल खेल शुक्रवार १ बजे देखि हुनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]