default_image

8 years ago

August 23, 2017

फेरि शिवम् न्यु डायमण्ड र एपिएफ फाइनलमा

132 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपिएफ क्लब रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको सर्वाधिक सफल टोली न्यु डायमन्डले घरेलु टोली पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र एपिएफ अर्को विभागिय नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

volleyball

पोखराको लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा तीज महोत्सबको अवसरमा भैरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता न्यु डायमण्डले पश्चिमाञ्चललाई हराउँदै पाँचौँ पटक उपाधि नजिक पुगेको छ । पहिलो सेट २५–१६ ले जितेको न्यु डायमण्डले त्यसपछिको दुई सेट २५–१९ र २५–१७ ले आफ्नो पक्षमा पार्यो ।

बुधबार नै अर्को अर्को खेलमा एपिएफले पुलिसलाई २५–१०, २५–२१ र २५–२० ले हरायो । पहिलो संस्करणदेखि नै फाइनलमा पुग्दै आएको एपिएफ छैटौँ संस्करणमा पनि फाइनलमा प्रवेश गरेको छ ।

एपिएफले वर्षाको कारणले मंगलबार स्थगित भएको लिगको खेलमा पश्चिमाञ्च र जाउलाखेललाई ३–० को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको थियो । पहिलो लिग खेलमा पश्चिमाञ्चललाई २५–११,२५–९ र २५–१५ र जाउलाखेललाई २५–६, २५–९ र २५–७ ले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुलिससँगको भेट पक्का गरेको थियो ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो हुनेले २० हजार र चौथो हुने टोलीले १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडी, क्विकर, लिव्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षले पुरस्कार प्राप्त गर्नेछन् ।

काठमाडौं नैकापको शिवम न्यु डायमण्ड एकेडेमी यस प्रतियोगिताको सर्वाधिक सफल टिम हो । शिवम् न्यु डायमण्डले दोस्रो संस्करणदेखि पाँचौँ संस्करणसम्म लगातार उपाधि रक्षा गरेको छ । पहिलो संस्करणको उपाधि भने नेपाल एपिएफ क्लबले जितेको थियो ।

March 17, 2025

१७ औं धर्मश्री यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै साता हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सबै तयारी पूरा भएको छ। धर्मश्री सँगै अन्य तीन विधाको प्रतिस्पर्धा चैत ७ देखि ९ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम […]

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

Success

Thank you for your time.