8 years ago
August 21, 2017
पोखरा(हाम्रो खेलकुद) – काठमाडौं नैकापको न्यू डायमण्ड एकेडेमी पोखराको लामाचौरमा हिन्दु नारीहरुको महान तीज पर्वको अवसरमा आयोजना हुने राष्ट्रिय महिला भलिबलको सर्वाधिक सफल टिम हो ।
फाइल तस्बिर
दोस्रो संस्करणदेखि लगातार पाँचौ संस्करणसम्मको च्याम्पियन डायमण्डले मंगलबार विभागीय नेपाल पुलिसविरुद्ध खेल्दै छैटौं संस्करणको रेडबुल महिला राष्ट्रिय भलिबलको उपाधि रक्षा गर्ने अभियानका साथ मैदान उत्रनेछ । भर्खरै शिवम सिमेन्टको मुख्य प्रायोजन पाएको डायमण्डका मुख्य प्रशिक्षक कुमार राईले प्रतियोगिताको लागि तयार रहेको बताए ।
‘हामी यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टिम हौं । यसपटक पनि उपाधि जित्ने हाम्रो लक्ष्य हुनेछ ।’ प्रशिक्षक राईले भने, ‘भर्खरै शिवम् सिमेन्टको मुख्य प्रायोजनको साथ पाएका छौं । यसले हामीलाई खेल्नमा थप हौसला पुगेको छ । आशा छ यसपटक पनि हामी पोखराबाट उपाधि लिएर काठमाडौं फर्कने छौं ।’
रेडबुल राष्ट्रिय महिला भलिवल प्रतियोगिता भोलिदेखि शुरु हुदैछ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन शिवम न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुशिल कुमार श्रेष्ठले जानकारी गराए ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरको पाँच टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा न्यू डायमण्ड र नेपाल पुलिस क्लब तथा समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेको छ ।
यस्तै तीज महोत्सव अन्र्तगतको राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगितालाई मुख्य प्रायोजनको रुपमा इनर्जी ड्रिङ्स रेडबुल रहेको संयोजक श्रेष्ठले जानकारी गराए । त्यस्तै तीज महोत्सवको मुख्य प्रायोजक भने कैलाश विकास बैंक रहेको छ । तीज महोत्सव अन्र्तगत ४ गतेदेखि सुरु भएको अन्तर विद्यालय छात्रा भलिबल प्रतियोगिताको उपाधि पपोखराको करुणानिधि एजुकेशन फाउन्डेसनले जितेको छ । फाउन्डेसनले पाहुना टोली इशानेश्वर मावि भोर्लेटार लमजुङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २३–२५ ले गुमाएको फाउन्डेसनले लगातार तीन सेट २५–९, २५–१८ र २५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । प्रतियोगितामा इशानेश्वर माविकी गंगाा गुरुङ उत्कृष्ट खेलाडी घोषित भईन् ।
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कार स्वरुप ट्रफी र घडी उपहार प्राप्त गर्नेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सबै खेलहरु इन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुनेछ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]