default_image

8 years ago

August 19, 2017

न्यू डायमण्डलाई शिवम सिमेन्टको ८ लाखको प्रायोजन

123 views

0 Bookmark

 काठमाडौं (हाम्रोखेलकुद)-  शिवम सिमेन्टले नेपाली महिला भलिबलको लोकप्रिय टोली न्यू डायमण्ड एकेडेमीलाई एक वर्षको लागि मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतामा शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डको तर्फबाट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे ।

सम्झौता अनुसार शिवमले एकेडेमीलाई वार्षिक ८ लाख उपलब्ध गराउने छ भने, न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट शिवम सिमेन्टको लोगो अंकित जर्सी लगाएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुपर्नेछ । सम्झौता भएको ८ लाखमध्ये ३ लाख डायमण्डको खेलसामग्री र प्रतियोगिताको लागि ५ लाख रहनेछ । यस्तै सम्झौतामा एकेडेमीले एक राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने र उक्त प्रतियोगितालाई शिवम् सिमेन्टले मुख्य प्रायोजक रहनेछ ।

सम्झौतापछि न्यू डायमण्डका प्रशिक्षक कुमार राईले लामो संघर्षपछि न्यू डायमण्डको इतिहासमा पहिलोपटक ठुलो प्रायोजन गरेकोमा शिवम् सिमेन्टलाई धन्यवाद ज्ञापन गरे ।

‘सम्झौतासँगै खेल्ने क्रम शुरु भैसकेको छ । यो सम्झौताले हामीलाई अझै चुनौती र हौसला बढेको छ ।’ प्रशिक्षक राइले भने, ‘आगमी दिनहरुमा हामीले अहिले प्रदर्शन गरेभन्दा दोब्बर प्रदर्शन गर्ने विश्वास दिलाउन चहान्छौं । मेरा खेलाडी नानीहरुलाई अझ निखारता ल्याउदै भलिबलमा नयाँ आयम थप्ने हाम्रो प्रयास रहनेछ ।’

यस्तै शिवम सिमेन्टका उपाध्यक्ष सजन देवकोटाले नेपालको नम्वर एक सिमेन्ट महिला भलिबलमा नम्वर एक टिमसँग जोडिन पाउनु कम्पनीको लागि गौरवको कुरा रहेको बताए । ‘राष्ट्रिय खेल भलिबल अझैपनि व्यवसायिक हुन सकेको छैन ।’ उपाध्यक्ष देवकोटाले भने, ‘भलिबलमा व्यवसायिकताको लागि नै हामीले डायमण्डको प्रदर्शनको आधारमा डायमण्डलाई रोज्दै व्यवसायिकता ल्याउने प्रयास थालेका हौ ।’ आशा छ भलिबलले विस्तारै व्यवसायिकता लिनेछ । उनले थपे ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादर चन्दले संघको तर्फबाट बधाई व्यक्त गरे । न्यू डायमण्ड एकेडेमीकी प्रतिभाशाली खेलाडी प्रतिभा मालीले दुइ साता अघि मात्रै साहस स्पोर्टस्ले १ लाख ७० हजार को प्रायोजन गरेको थियो ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

भलिबलका हेमन्तको गन्तव्य पनि अस्ट्रेलिया

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त बहादुर मल्लले पनि आफ्नो गन्तव्य अष्ट्रेलिया बनाएका छन् । पुरुष तथा महिला राष्ट्रिय टोलीका सदस्यहरुले सुरक्षित भविष्यको लागि विदेश गन्तव्य बनाइरहँदा हेमन्तले पनि अष्ट्रेलिया रोजेका हुन् । हेमन्त गत जनवरीको अन्तिम साता द गोर्खा स्पोर्ट्स क्लबले आयोजना गरेको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

Success

Thank you for your time.