10 years ago
November 7, 2015
काठमाडौं, कात्तिक २१ – बाबु शेर्पाले शनिबार सामसुङ ओपन च्याम्पियनसिप गल्फको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्टमा पछिल्लो ६ होलको प्रदर्शनमा अघि रहँदै बाबु च्याम्पियन बनेका हुन् ।
सामसुङ ओपन गल्फ च्याम्पियनसिपका विजेता बाबु शेर्पा र रेखा घिमिरेका साथ दक्षिण कोरियाका राजदूत योङ जिन चोई (बायाँ) र सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष युविओम वन (दायाँ) ।
समान ८ ह्यान्डीक्यापका बाबु र आङनोर्बु शेर्पाले समान ३९ स्कोर गरेका थिए । दुवैले फ्रन्टनाइनमा २० र ब्याकनाइनमा १९ स्को गरेपछि अन्तिम छ होलको स्कोरका आधारमा विजेता चयन भएको थियो । जहाँ बाबुले १२ र आङनोर्बुले ११ स्कोर गरे ।
३६ ग्रस स्कोर गरेका टासी छिरिङले बेस्ट ग्रसको उपाधि जिते । टासीका छोरा तेन्जिङ १७ वर्षमुनिको प्रतिस्पर्धामा विजेता बने । ४२ स्कोर गरेका तेन्जिङले सामसुङ लेभल यु पाए ।
रेखा घिमिरे महिनातर्फको विजेता बनिन् । २७ स्कोर गरेकी उनले सामसुङ गियर एस २ प्राप्त गरिन् । ३४ स्कोर गर्दै लोप्साङ टासी सिनियर (६० वर्ष माथि) विधामा विजेता बने ।
ध्रुव थापाले क्लोजेस्ट टु दी पिन, विनायक बस्नेतले लङ्गेस्ट ड्राइभ तथा टासी छिरिङ मोस्ट बर्डी को उपाधि जिते । विजेता बाबुले ग्यालेक्सी नोट ५ पुरस्कार जिते । अन्य विजेताले विजेताले ट्रफीसहित सामसुङ भिआइपी कम्बो सेट पुरस्कार पाए ।
विजेता खेलाडीलाई नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ जिन चोई, सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष युविओम वन र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कृत गरे ।
जोहरा स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा सामसुङ नेपालको प्रायोजनमा गरेको प्रतियोगितामा १ सय १० गल्फरको सहभागिता थियो ।
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]
May 15, 2025
रविन्द्र वाईबा, मकवानपुर बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलो पटक प्रदेश स्पोर्टस अवार्ड एन्ड युथ समिट आयोजना गर्दैछ । आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा अवार्ड आयोजना हुने बिहीवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बागमती प्रदेशका युवा […]