8 years ago
April 26, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा संजय लामालाई पराजित गर्दै रबि खड्काले उपाधि जितेका छन्।सन् २०१५ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेयता यो रविको पहिलो उपाधि हो।
अन्तिम दिनको खेलमा उपाधिको भिडन्त निकै रोमान्चक भएको थियो। २७ होलसम्म ५ अंकको आग्रतामा रहेका रविलाई लगातार ४ होलमा पछि परेपछि खेल थप रोमान्चित भएको थियो। करियरको ११ औ उपाधि जित्नको लागि रविले अन्तिम होल सम्म कुर्न परेको थियो। रविले १ होलटले उपाधि जितेका थिए।
प्रतियोगिताका बिजेता रबि खड्काले ट्रफी सहित ७० हजार, उपविजेता संजय लामाले ३० हजार, तृतीय हुने भुवन नगरकोटीले २८ हजार, चौथो हुने शिव राम श्रेष्ठले २० हजार प्राप्त गरे। क्वार्टर फाईनल पुग्ने अरु ४ खेलाडीले ११-११ हजार प्राप्त गरेका थिए भने पहिलो चरणमै पराजित ८ खेलाडीले पनि ६-६ हजार प्राप्त गरेका थिए।
February 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]
February 20, 2025
एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्। बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]