default_image

8 years ago

April 25, 2017

दक्षिणालाई हङकङमा स्वर्ण

125 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई स्वर्णपदक दिलाएकी छन् ।

Dakshina

हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । क्याडेट २९ केजीमुनि सुप्रिमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरको बराबरी भएपछि खेलिएको सडेन डेथ भने हार बेहोर्दै सुप्रिमा रजत पदकमै सिमित भइन् ।

पुरुष सिनियर ७४ केजीमुनिको फाइनलमा विकेस बिडारीले सुरुआती अग्रताका बाबजुत समालिन नसक्दा ६–४ स्कोरले हार बेहोर्दै रजतपदकमै सीमित भए । महिलाको सिनियर ६२ केजीमुनि लक्ष्मी घले र पुरुष क्याडेट ४५ केजीमुनि सुजन गुरुङ रजतमै सिमित भए । पुरुषतर्फ ५८ केजीमुनि मिसन रासकोटी, ६८केजीमुनि आकाश पुन, क्याडेट ४५ केजीमुनि सागर तङ्नामी, ६३ केजीमुनि अमृत थापा र ५४ केजीमुनि प्रकाश थापाले कास्यपदक जिते । महिलातर्फ सुमित्रा खत्रीले ७४ केजीमाथी कास्य पदक जितिन् । यससँगै अप्रिल २२–२५ सम्म भएको च्याम्पियनसिपमा कुमार लामा घिसिङको प्रशिक्षणमा रहेको नेपालले एक स्वर्ण, चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पा¥यो ।

च्याम्पियनसिपमा १३ खेलाडी सहभागी भएका थिए । तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा ग्रेडिङ प्रमुख नोर्बु लामाले निर्णायक भूमिका निर्वाह गरे । टिम व्यवस्थापकमा राजीव महर्जन र राजू खड्का रहेका थिए । प्रतियोगितामा हङकङ, ताइवान, मकाउ, चीन, मंगोलिया, सिंगापुर, नेपाल, इन्डोनेसिया, फिलिपिन्स, कोरियालगायतका राष्ट्रबाट खेलाडीहरुको सहभागिता थियो ।

February 25, 2025

रुपन्देहीमा अर्को महिना तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने

सुमन अधिकारी ,बुटवल रुपन्देहीमा अर्को महिना राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७ देखि ९ गतेसम्म तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा मेन्स सिंगल, उमन्स सिंगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ […]

February 24, 2025

नेपाल साबा महिला च्याम्पियनसिपको फाइनल पुग्न सकेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन । नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

Success

Thank you for your time.