8 years ago
April 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले मुख्य प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई पाएको छ । नेपाल भलिबल संघलाई राष्ट्रिय वाणिज्य बैंकले दुई वर्षको लागि वार्षिक १० लाख दिने शर्तसहित मुख्य प्रायोजन गरेको हो । यो प्रायोजन चैत अन्तिम सातादेखि शुरु हुने तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप देखि नै लागु हुनेछ ।
सम्झौता पत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख डा. रविन्द्र प्रसाद पाण्डेले हस्ताक्षर गरे । नेपाली भलिबल इतिहासमा यो नै सबैभन्दा ठुलो प्रायोजन हो । यसअघि सन् २०१२ मा बीच भलिबलका लागि पेन्टागन कलेजले ३ लाख ५० हजारको प्रायोजन गरेको थियो । सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै चैत अन्तिम सातादेखि शुरु हुने तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको नाम आरआरबी एनभिए राष्ट्रिय लिग रहनेछ । च्याम्पियनसिप चैत २९ देखि वैशाख ४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा चल्नेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बैंकका प्रमुख कार्यकारी प्रमुख डा. रविन्द्र प्रसाद पाण्डेले नेपाली भलिबलसँग जोडिनु बैंकको लागि गौरवको कुरा भएको उल्लेख गरे । त्यस्तै उनले भौगोलिक बनावटको आधारमा पनि भलिबल लोकप्रिय रहेको भन्दै खेलकुद जगतमा केही गर्ने योजनासहित भलिबलसँग सहकार्य गर्न आइपुगेको बताए । दुवै पक्षकोृ सहमति भए । सहकार्य निरन्तर हुदै जाने पनि उनले जानकारी गराए । यस्तै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आइतबारको प्रायोजन सम्झौतासँगै नेपाली भलिबलले इतिहास रचेको बताए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठले नेपालको लोकप्रिय खेल भलिबलसँग जोडिन पाउनु खुशी र गौरवको कुरा रहेको बताए । यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले पछिल्लो समय नेपाली खेलकुदमा प्रयोजन पाउन मुस्किल रहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकले भलिबललाई प्रायोजन गर्नु नेपाली खेलकुदका लागि सुखद पक्ष रहेको बताए ।
लिगमा गत भदौमा सम्पन्न तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा परेको उत्कृष्ट पुरूष र महिला टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा पुरूषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुवैतर्फको लिगको बिजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले १५ हजार पाउँदा लिब्रो, सरभर, लिफ्टर, स्पाईकर र प्रशिक्षकले समान ५–५ हजार पाउनेछन् ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]