default_image

8 years ago

February 9, 2017

सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा शिवरामको अग्रता

131 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छ । पार ७० को हिमालयन गल्फ कोर्समा दोस्रो दिन बिहिबार शिवरामले ३ अन्डर ६७ खेले । अघिल्लो दिन इभन पार ७० खेलेका शिवरामले कुल ३ अन्डर १ सय ३७ स्कोरका साथ शीर्ष स्थान बनाएका हुन् ।

shiva-ram

दोस्रो स्थानमा रहेका धन बहादुर थापालाई शीवरामले चार स्ट्रोक पछाडी पारेका छन् । दोस्रो दिन १ ओभर ७१ खेलेका धनको कुल १ ओभर १ सय ४१ स्कोर छ । २ ओभर १ सय ४२ खेलेका भुवन नगरकोटी तेस्रो स्थानमा छन् । दोस्रो दिन भुवनले २ ओभर ७२ स्कोर कार्ड बनाए ।

यसैगरी तीन ओभर एकसय ४३ स्कोरका साथ सञ्जय लामा चौथो स्थानमा उक्लिए । दोस्रो दिन सञ्जयले दुई अन्डर ६८ को उत्कृष्ट स्कोर कार्ड बनाए । इभन पार ७० खेलेका भेट्रान्स गल्फर दिपक थापा मगर १ सय ४४ स्कोरका साथ पाँर्चौं स्थानमा छन् । स्थानीय प्रो भु बहादुर गुरुङ समग्रमा १ सय ४६ स्कोरका साथ छैटौं स्थानमा छन् ।

पहिलो दिन शिर्ष स्थानमा रहेका रवि खड्का दोस्रो दिन आठ ओभर ७८ को घातक प्रदर्शन गर्दै आठौं स्थानमा झरे । प्रो तर्फ उत्कृष्ट २१ औं स्थानसम्म रहेको २८ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । २८ मध्ये ६ खेलाडी एमेच्योर छन् ।

यसैगरी एमेच्योरतर्फ कमल तामाङ एक सय ४७ स्कोरका साथ शिर्ष स्थानमा छन् । कमल सहित शिर्ष ६ एमेच्योर फाइनल चरणमा प्रवेश गरेका छन् । १ सय ५५ स्कोरका साथ मिथुन राई र युवराज भुजेल संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना तथा सूर्य नेपाल प्रालीको प्रायोजन रहेको सूर्य नेपाल गल्फ टुरअन्तर्गत सञ्चालित तीनदिने प्रतियोगितामा २८ प्रो र १३ जना एमेच्योरले प्रतिस्पर्धा गरेका थिए । बिहिबार ३६ होलपछि २२ प्रो र ६ जना एमेच्योर फाइनल चरणमा प्रवेश गरेका हुन् ।

शुक्रबार १८ होलको फाइनल खेल हुनेछ । कुल ६ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले एक लाख १० हजार, उपविजेताले ७० हजार र तेस्रो हुनेले ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनलमा पुग्ने सबै प्रोले नगद पुरस्कार जित्ने छन् ।

March 17, 2025

१७ औं धर्मश्री यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल व्यायाम मन्दिरको आयोजनामा यसै साता हुने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सबै तयारी पूरा भएको छ। धर्मश्री सँगै अन्य तीन विधाको प्रतिस्पर्धा चैत ७ देखि ९ गतेसम्म हुने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम […]

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

Success

Thank you for your time.