8 years ago
February 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हङकङका खेलाडी सँगको मैत्रिपूर्ण तेक्वान्दो खेलमा नेपाली राष्ट्रिय खेलाडी तेक्वान्दो खेलाडीले उच्च प्रदर्शन गरेका छन् । कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा बुधबार भएको मैत्रिपूर्ण खेलमा नेपाली खेलाडीले ६ तौल समूहमा स्वर्ण पदक जितेका छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा भएको खेलको महिलाको ४९–५३ केजी तौलसमुहमा नेपाली निमा गुरुङले स्वर्ण,हङकङकी सो युइन तिनले रजत तथा रेश्मा थापा र ताङ कित यीनले संयुक्त रुपमा कास्य पदकमै जिते । महिला ५३–५७ केजी तौलसमुहमा ज्ञानी चुनाराले स्वर्ण र यीन पीयु यीनले रजत पदक जितिन् । ४५ केजी मुनि रेजीना कार्कीले स्वर्ण र युन मन शाहले रजत पदक जितिन् ।
पुरुषतर्फ ५४ केजीमुनि तारा कुमार रायमाझीले स्वर्ण र क्यु यो हिनले रजत तथा ६८–७२ केजीमा मोहम्मद वेसले स्वर्ण र योङ युन होङले रजत पदक जिते । पुरुषकै ७४–८० केजीमा नेपालका निश्चलमान श्रेष्ठले स्वर्ण र हङकङका चीओङ वाङले रजत पदक प्राप्त गरे । खेलको दौरान हङकङ टोलीको प्रशिक्षणमा नेपालकै प्रशिक्षकको रुपमा कल्याण कुँवरको सहभागीता रहेको थियो । मैत्रिपुर्ण खेलमा च्याम्पियन बनेको नेपाल टिमबाट पुर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई मात्र सहभागी गराइएको थियो ।
मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी ७ खेलाडी र एक प्रशिक्षक नेपाल आएको कार्यक्रम संयोजक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए । पुरुषतर्फ र महिला गरी हङकङका र नेपालका समान सात खेलाडीले मैत्रिपूर्ण खेलमा सहभागीता जनाए । हाल हङकङ राष्ट्रिय तेक्वान्दो टोलीको मुख्य प्रशिक्षकको रुपमा रहेका तुल्सी गुरुङ नेपालका पूर्व च्याम्पियन हुन् । प्रतियोगितामा विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट,संघका उपाध्यक्ष हरिश्वर पोख्रेल र महासचिव दिपराज गुरुङ लगायतले पुरस्कृत गरे ।
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]