8 years ago
January 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – जी इलेभेन नेपालले नेपाली महिला भलिबललाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै न्यु डायमन्ड एकेडेमीकी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई र प्रिन्सिपल एवं भलिबल प्रशिक्षक कुमार राई सम्मान गरेको छ ।
जी इलाभेनले किन्डरगार्डेन ग्लोरी नेपालको ग्रान्ड फिनालेका अवसरमा शनिबार उनीहरुलाई सम्मान गरेको हो । न्यु डायमन्डका प्रिन्सिपल राई र त्यही स्कुलमा कक्षा १० मा अध्ययनरत चर्चित भलिबल खेलाडी मालीलाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्य, जी इलेभेन नेपालका अध्यक्ष रामबहादुर श्रेष्ठले सम्मान गरे ।
March 23, 2025
सुमन अधिकारी, बुटवल ओलम्पियन एवम् शीर्ष वरियताका प्रिन्स दाहाललेतेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगलको उपाधि जितेका छन् । बुटवलमा शनिवार भएको फाइनलमा एपिएफकस प्रिन्सले चौथो वरियताका क्षितिज खनाललाई पराजित गरे। सेमिफाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका हिमाल रानालाई र क्षितिजले दोस्रो वरियताका एपिएफका देवराज रानालाई हराउँदै फाइनलमा पुगेका थिए । हिमाल चन्द र देवराज संयुक्त रुपमा […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]