8 years ago
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भुवन नगरकोटी र धनबहादुर थापा सूर्य नेपाल च्यालेन्जको पहिलो दिन मंगलबार संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । रोयल नेपाल गल्फ क्लबको पार ६८ मा ३ अन्डर ६५ को प्रदर्शन गर्दै भुवन र धनबहादुर संयुक्त रुपमा अग्रस्थानमा रहेका हुन् ।
भुवन नगरकोटी
सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत दोस्रो प्रतियोगितामा २ अन्डर ६६ को कार्ड बनाउँदै जयराम श्रेष्ठ तेस्रो स्थानमा छन् । १ अन्डर ६८ को कार्ड बनाएका रामकृष्ण श्रेष्ठ र सञ्जय लामा चौथो स्थानमा छन् । इभन पार ६८ को प्रदर्शन गरेका नम्बर एक गल्फर शिवराम श्रेष्ठ छैटौं स्थानमा रहे । रामे मगर र प्रदीपकुमार लामा १ ओभर ६९ को कार्ड बनाउँदै सातौं स्थानमा छ । दीपक मगर, चुडाबहादुर भण्डारी र पशुपति शर्मा संयुक्त रुपमा नवौं स्थानमा छन् । उनीहरुले २ ओभर ७० को प्रदर्शन गरेका थिए ।
गोकर्ण गल्फ क्लबका व्यवसायिक खेलाडी भुवनले फ्रन्ट नाइनमा १ अन्डर ३३ र ब्याक नाइनमा २ अन्डर ३२ को कार्ड बनाए । त्यस्तै आर्मीका व्यवसायिक खेलाडी धनबहादुरले फ्रन्ट नाइनमा २ अन्डर ३२ र ब्याक नाइनमा १ अन्डर ३३ को प्रदर्शन गरे । त्यस्तै फ्रन्ट नाइनमा ३ ओभर ३७ को कार्ड बनाएका जयरामले प्रदर्शनमा सुधार गर्दै ब्याक नाइटमा अन्डर २९ को कार्ड बनाए ।
रामकृष्णले फ्रन्ट नाइनमा १ ओभर ३५ र ब्याक नाइनमा २ अन्डर ३२ को कार्ड बनाए । सञ्जयले फ्रन्ट नाइनमा २ अन्डर ३२ र ब्याक नाइनमा १ ओभर ३५ को प्रदर्शन गरे । नम्बर एक शिवरामले फ्रन्ट नाइनमा ३ अन्डर ३१ को कार्ड बनाए । तर ब्याक नाइनमा भने उनको प्रदर्शन कमजोर रह्यो । जहाँ उनले ३ ओभर ३७ को प्रदर्शन गरे ।
एमेच्योरतर्फ ३ ओभर ७१ को कार्ड बनाउँदै सन्तोष रोक्का शीर्षस्थानमा रहेका छन् । मिथुन राई (७२), शिवकुमार माझी (७३) तेस्रो, फुन्टसोक एन लामा (७५) चौथो, जीवन राई (७६) पाँचौं र रोहित आचार्य (७६) छैटौं स्थानमा छन् ।
प्रतियोगितामा २९ व्यवसायिक र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । ४ लाख पुरस्कार रहेको प्रतियोगिताको विजेताले ७५ हजार, दोस्रो हुनेले ४६ हजार र तेस्रो हुने खेलाडीले ३१ हजार ५ सय रुपैयाँ पाउनेछन् । त्यस्तै शीर्ष २१ मा पर्ने अन्य खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]