8 years ago
January 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशको ढाकामा हुने ३१ औं बंगलादेश एमेच्योर ओपन २०१७ मा भाग लिन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल गल्फ संघका महासचिव तासी घलेको प्रशिक्षणमा रहेको टोलीमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, पृथ्वी मल्ल र तेन्जिङ छिरिङ खेलाडी रहेका छन् ।
टोलीसँगै संघका अध्यक्ष मधुकर याकथुम्बा पनि ढाका प्रस्थान गरेका छन् । ढाकामा हुने दक्षिण एसियाली देशका गल्फसंघका अध्यक्षहरुको बैठक हुँदैछ । बैठकले सार्क गल्फ महासंघ गठन गर्न सक्ने बताइएको छ ।
December 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- थापाथली चेस पार्कले सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबमाथि मंगलवार कठिन जित निकाल्दै थापाथली चेसले उपाधि जितेको हो।थापाथलीले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्टको गेममा २-२ अंक बराबर गर्दै र्यापिड चरण सम्म धकेल्न सफल भएको थियो। ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा क्लासिकल खेल रोमाञ्चक मोड लिदै बराबरीमा […]
December 31, 2024
सन्जोग चाम्लिङ राई आज डिसेम्बर ३० । केही विशेष दिन हो कि ? वास्तवमा केही होइन । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल सम्पन्न भएको करिब ६० दिन भयो । दुई महिना अगाडिको नेपाली फुटबल सम्झने हो भने नेपाली महिला फुटबलको प्रशंसा, उत्साह–निराशा आदिको चर्चा सबैले गरे । यो विषय छोटो समयमा लगभग सेलाएर गयो […]
December 31, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्। रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो। घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो। […]