8 years ago
December 30, 2016
दिपेन्द्र पोखरेल
विराटनगर – विभागिय टोलीको दबदबासहित पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको सातौंमा नेपाल आर्मी शीर्ष स्थानमा रहन सफल भयो भने एपिएफ दोस्रो , नेपाल पुलिस तेस्रो स्थानमा रह्यो ।
आर्मीले रजत र कास्यको दाँजोमा स्वर्ण पदकनै बढी जित्यो । टोलीले व्यक्तिगत र टिम इभेन्ट्समा गरि १ सय १३ स्वर्ण, ६४ रजत र ४८ कास्य पदक जितेको थियो । टिम इभेन्टमा पुरुष/ महिला क्रिकेट र पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको एपिएफको नामा ५० स्वर्ण, ४८ रजत र ५८ कांस्य पदक रह्यो । विभागिय टोलीमा केही कमजोर रहेको पुलिसले ४० स्वर्ण, ३८ रजत र ४१ कास्य पदक जितेको छ । तीन विभागिय टोलीपछि मध्यमाञ्चल चौथो, मध्यपश्चिमाञ्चल पाँचौं, पश्चिमाञ्चल छैटौं, आयोजक पूर्वाञ्चल सातौं र सुदूरपश्चिमाञ्चल आठौं रह्यो ।
पुस ८ देखि सुरु भएको सातौं राष्ट्रिय खेलकुद कमजोर व्यवस्थापनका कारण जति ओलोचित भयो, त्यत्तिनै खेलाडीको अनुशासन हिन गतिविधिका कारण पनि चर्चामा रह्यो । भलिबल र ह्यान्डबलमा रेफ्रीमाथि खेलाडी र प्रशिक्षकबाट हात पात भयो भने विभागिय मर्यादालाई समेत वेवास्ता गर्दै चौका नदिएको भन्दै महिला क्रिकेटको फाइनल खेल नसकिदै छोड्यो ।
तमाम कमजोरीका वावजुद राष्ट्रिय खेलकुदको छैटौं संस्करण सकिएको पाँच वर्षपछि सातौं टुंगिएको छ । अब आठौं राष्ट्रिय खेलकुद दुई बर्षपछि (२०७५) मा मध्यपश्चिमले आयोजना गर्ने जिम्मेवारी पाएको छ । राष्ट्रिपति विद्या भण्डारीले विराटनगरमा पुस ८ गते उद्घाटन गरेको सातौं राष्ट्रिय खेलकुद धरानको एन्फा टेक्निकल सेन्टरमा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले मध्यपञ्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई अर्को संस्करण आयोजनाको जिम्मेवारीसहित झन्डा हस्तान्तरण गरेसँगै सम्पन्न भएको छ ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]
February 21, 2025
हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनलमा मिलन राईको २ गोलमा भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २- १ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको […]