default_image

8 years ago

December 24, 2016

सातौं राष्ट्रिय खेलकुद दोस्रो दिन जारी, हक्कीमा सुदूरपश्चिमालाई दोहोरो सफलता

138 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) –सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार हक्की, बास्केबल, जुडो, बक्सिङ, भलिबल, एथलेटिक्स,ब्याडमिन्टन, टेबल टेनिसका प्रतिस्पर्धा सुरु भएका छन् । महिला फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ भने पुरुष क्रिकेट, फुटबल र महिला क्रिकेट जारी छ । दोस्रो दिन अलग अलग खेलमा यस्ता नतिजा आएका छन् ।

unnamed-2

हक्कीमा सुदूरपश्चिमलाई दोहोरो सफलता
विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा त्रिभुवन आर्मी मध्यामाञ्चललाई ८–० ले हरायो । सेनाका लागि दिपेन्द्र एयर र प्रदिप राजवंशीले समान २ तथा प्रेम दराई, सत्यनारयण चौधरी, स्यामुएल राई, राम साहले समान १ गोल गरे ।
सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ४–२ ले पराजित गरे । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरे । मध्यपश्चिमाञ्चलबाट सलमान इद्रीसी र सहिद अलिले गरे ।
महिलामा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४–१ गोल निराश पा¥यो । सुदूरपश्चिमाञ्चलका सिमा चौधरी र नर्बदा जोशीले १÷१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् ।
पश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० ले हरायो । विजयी टिमका लागि कमला राना मगर र सोनी गुरुङ्गले २÷२ गोल गरेका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम सेना गरी ६ टिम सहभागी छन् ।

बास्केटबल सुरु
बास्केटबल पनि शनिबारदेखि धरानस्थित डिपो उच्चमाविको कोर्टमा सुरु भएको छ । महिलातर्फ पश्चिमाञ्चलले मध्यमपश्चिमाञ्चललाई ४५–१२ ले हरायो । मध्यमाञ्चलले नेपाल आर्मीलाई ४४–२९ स्कोरले पराजित गर्यो । पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि २३–११ को जित प्राप्त ग¥यो । त्यस्तै पुरुष बास्केटबलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई ८२–५३ स्कोरले पराजित गरेको छ । मध्यमाञ्चलले सुदुरपश्चिमाञ्चललाई ९५–४३ ले हरायो । पुरुष बास्केटबलमा विभागीय टीमसहित ६ वटा टिमहरुले स्पर्धा गरिरहेका छन् भने महिला बास्केटबलमा ५ विकास क्षेत्रका टिमहरु सहभागी रहेका छन् ।

आईटीएफ तेक्वान्दो
आईटीएएफ तेक्वान्दोका खेल दमकमा शुरु भएको छ । प्रतियोगीता अन्तर्गत पहिलो दिन ४०–४५ केजी उमेर समूहमा महिला तर्फ नेपाल आर्मीकी निस्मा बस्याल पहिलो भईन् । यस्तै पश्चिमाञ्चलकी रीता अधिकारीले दोश्रो स्थान हाँसिल गरेको आईटीएफ तेक्वान्दो संघ नेपालका उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए ।
महिला क्रिकेट
सातौं राष्ट्यि खेलकुद प्रतियोगिताअन्र्तगत इटहरीमा जारी महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २ विकेटले हराएको छ ।
टंस जितेर पहिलो व्याटिगंमा उत्रिएको पश्चिमाञ्चलनिर्धारित २० ओभरमा७२रनमा समेटीएको थियो । जवाफी व्याटिगंमा आएको मध्यपश्चिमाञ्चले १८ ओभरमै पश्चिमाञ्चले प्रस्तुत गरेको लक्ष्य पुरा गरी पश्चिमाञ्चललाई २विकेटले हराएको हो ।
विजयी टिमका लागिअनु केसीले ४ विकेट लिएकीथिइन । भने मध्यपश्चिमाञ्चलकी मेरी थापाले सवार्धिक ४३ रन बनाएकीथिइन । पराजितपश्चिमाञ्चलकालागिअनिसा केसी र नितु भण्डारीले समान १६ रन जोडेकाथिए । सो खेलमामध्यपश्चिमाञ्चलकीअनिताचौधरी प्लेयरअफ द म्याच घोषीतभइन ।

2-2

रत्न जित विजयी
पुरुष सिंगल्समा नेपाल आर्मीका रत्नजीत तमाङले मध्यपश्चिमाञ्चलका इरफान अन्सारीलाई २१–१९ र २१–५ को सोझो सेटमा पराजित गरे । आर्मीकै दिपेश धामीले मध्यपश्चिमाञ्चलका रियाज अन्सारीलाई २१–१० र २१–६ ले तथा आर्मीका अर्का खेलाडी नवीन श्रेष्ठले मध्यपश्चिमाञ्चलकै विलाल वरिसलाई २१–१३ र २१–१० को सोझो सेटमा पराजित गरे ।

त्यस्तै सुदुरपश्चिमाञ्चलका सन्जीव खड्काले पश्चिमाञ्चलका भुगोल गुरुङलाई २१–१७ र २१–१० को सोझो सेटमा हराए । सोही अंचलका सुनिल जोशीले पश्चिमाञ्चलका अतित गुरुङ र गौतम कठायतले पश्चिमाञ्चलका विशाल खड्कालाई क्रमशः २१–१९ र २१–७ तथा १६–२१, २१–१२ र २१–१७ अंकले पराजित गरे ।
मेन्स डवल्सतर्फ नेपाल पुलिस क्लवका खेलाडीहरु विष्णु कटुवालले पूर्वाञ्चलका विवेक श्रेष्ठलाई तथा दिपक वोहराले पूर्वाञ्चलकै जीवन आचार्यलाई क्रमशः २१–१४ र २१–११ तथा १९–२१, २१–७ र २१–११ ले पराजित गरे ।
एपीएफका सुदिप सेढाइले मध्यमाञ्चलका अभिशेक वोसलाई २१–९ र २१–१२ को सोझो सेटमा हराए । एपीएफकै विजित थापा मगरले मध्यमाञ्चलका पोविन लिङ्थेपलाई २१–१२ र २१–११ को सोझो सेटमा पारजित गरे । मेन्स सिंगलमा पूर्र्वाञ्चलका विशाल तामाङ पुुलिसका गौरव दाहाललाई १९–२१, २१–१८ र २३–२१ अंकले हराए ।
मेन्स सिंगलतर्फ पुलिस र एपीएफका खेलाडीले पूर्वाञ्चल मध्याञ्चलका खेलाडीलाई हराए । पुलिसका विष्णु कटुवाल र दिपक वोहराको जोडीले पूर्वाञ्चलका विवेक र सुजन श्रेष्ठको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छायो । त्यस्तै एपीएफका सुजन ताम्राकार र सुदिप सेढाईको जोडीले मध्याञ्चलका विवेक वोस र तीर्थ मल्लको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पाखा लगायो ।
शनिवारै सम्पन्न उमेन सिंगलतर्फ पूर्वाञ्चलका सीमा राजवंशीले पश्चिमाञ्चकी सुष्मा श्रेष्ठलाई २१–१२ र २१–१० तथा सीता राईले पश्चिामाञ्चलकी सकुन्तला भुषाललाई २१–१६ र २१–११ को सोझो सेटमा जिते । त्यस्तै एपीएफकी शिक्षा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी सम्झना शर्मालाई २१–१२ र २१–८ को सोझो सेटमा र सोभा गौचनले मध्यपश्चिमाञ्चकै समिक्षा न्यौपानेलाई २१–१२ र २१–७ को सोझो सेटमा पन्छाइन् ।

मध्यमाञ्चलकी श्रेया प्रधानले सुदुर पश्चिमकी दुर्गा शर्मा भण्डारीलाई २१–१५ र २१–१२ को सोझो सेटमा हराइन् । सुदुरपश्चिमाञ्चकी गंगा विष्टले मध्याञ्चलकी श्रद्धेय प्रधानलाई २१–१३ र २१–११ को सोझो सेटमा पाखा लगाइन् ।

 पोखरामा टेनिस
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । पहिलो दिन टिम इभेण्टका प्रतिस्पर्धाहरु भएका छन् । प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको टिमले बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ भने पुरुषतर्फ सशस्त्र प्रहरी बलले मध्य पश्चिमाञ्चललाई ३–० ले पराजित गरेर सेमिमा स्थान बनायो । सशस्त्र प्रहरिको तर्फबाट श्रीराम मगरले चन्द्रबहादुर थापालाई ७–५, ६–४ ले, सन्तोष खत्रिले प्रदिप शाहलाई ६–२,६–२ ले तथा सन्तोष खत्रि र श्रीराम मगरको जोडीले महेन्द्र प्रकाश गिरी र चन्द्रबहादुर थापाको जोडीलाई ६–३, ६–१ ले पराजित ग¥यो ।
पुरुषतर्फनै भएको टिम इभेण्टमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० ले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । नेपाल प्रहरीको तर्फबाट प्रणव खनालले अदित सुवेदीलाई ६–१,६–१ ले, कमल भण्डारीले अन्जन थिङलाई ६–०,६–०ले तथा रेञ्जन लामा र राजु श्रेष्ठको जोडिले सहर्ष बहादुर चन्द र अदित सुवेदीको जोडिलाई ६–२, ६–३ ले पराजित गरे ।
पुरुषतर्फ पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पश्चिमाञ्चलका निरज थापाले निरज विष्टलाई ६–०, ६–० ले, प्रदिप खड्काले सम्मेलन योगीलाई ६–०, ६–० ले तथा निरज थापा र प्रदिप खड्काको जोडीले निरज विष्ट र सम्मेलन योगीको जोडीलाई ६–०, ६–० कै सहज सेटमा पराजित गरेको थियो ।

महिलातर्फ एपीएफले मध्यमाञ्चललाई ३–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफका विभुती कार्कीले स्नेहा यादवलाई ६–०, ६–०ले भगवति बिवले रायना शाहलाई ६–२, ६–२ ले तथा विभुती कार्की र बिजिसा श्रेष्ठको जोडीले सर्भानी स्नेहा यादवलाई ६–०, ६–१ पराजित गरे । त्यस्तै पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पूर्वाञ्चलका सलोनी तामाङ्गले प्रिति बराललाई ७–५, ६–२ ले, प्रेरणा कोइरालाले गंगा सर्मालाई ६–२, ६–३ ले तथा प्रेरणा र सलोनीको जोडीले अनु रोक्का र सुभांगी लक्ष्मी शाहको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।

unnamed-1

सफ्ट टेनिस 
सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् । निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले पराजित गरे । रमेशले पूर्वाञ्चलका आशिष बोहरालाई टाइब्रेकरमा ७–३ ले हराए ।
महिला सिंगल्समा मध्यपश्चिमाञ्चलकी मेघा श्रेष्ठले पूर्वाञ्चलकी जर्जिया चौधरीलाई ४–०, मध्यपश्चिमाञ्चलकी सिर्जना राना मगरले सोही क्षेत्रकी दीपा आलेलाई ४–० तथा मध्यमाञ्चलका शिव भट्टराईले पूर्वाञ्चलकी श्रीयला योञ्जनलाई ४–१ ले पाखा लगाए ।

टेबलटेनिस
सातौं राष्ट्रिय खेलकुद अन्तरगत भएको टेबल टेनिस तर्फ पुरुषको टिम ईभेन्टस्मा एपिएफले फाइनलमा पुलिसको सामना गर्ने भएको छ । एपिएफले मध्यमाञ्चललाई ३–०ले र पुलिसले पूर्वाञ्चललाई ३–१ले हराउंदै स्वर्ण प्रतिस्पर्धाको लागि आमने सामने गर्ने भएका छन् । यस अघि भएको सेमिफाईनलको खेलमा एपिएफले आर्मीलाई ३–२ले र मध्यमाञ्चलले सुदूरपश्चिमलाई ३–०ले पराजित गरेका थिए । यस्तै पुलिसले पश्चिमाञ्चललाई ३–० र पूर्वाञ्चलले मध्यपश्चिमलाई ३–१ले हराएका थिए ।
विराटनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला टिम ईभेन्ट्सको खेलमा पनि सशस्त्रले फाइनलमा पुलिसको सामना गर्ने भएको छ । सशस्त्रले सेमिफाइनलमा मध्यमाञ्चललाई ३–०ले र पुलिसले आर्मीलाई ३–१ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
पुरुष जोडी तर्फको खेलमा पुरुष तर्फ पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठको जोडी पूर्वाञ्चलका महाविर र दिवसको जोडीलाई ११–५, ११–७ र १२–१०ले पराजि गर्दै सेमिमा स्थान बनाएका हुन् । यस्तै एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी सेनाको कृष्ण र मनीको जोडीलाई १२–१०, ११–९ र ११–५ले, पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले पूर्वाञ्चलका गणेश र करणको जोडीलाई ११–४, ११–७, ७–११ र ११–६ ले तथा एपिएफका पुरुषोत्तम र चन्दन शाहीको जोडीले मध्यमाञ्चलका रिज जोशी र विपुल महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।

महिला जोडी तर्फको खेलमा आर्मीका रविना र स्वेच्छा नेवाङ्गको जोडीले पश्चिमाञ्चलका अमृता र गिताको जोडीलाई ११–८, १३–११ र ११–६ले, एपिएफका शैलेष र सोनुको जोडीले पुलिसका सुजाता र मञ्जुको जोडीलाई ११–७, ११–४ र ११–८ले, आर्मीका दिक्षा र शिखाको जोडीले पूर्वाञ्चलका अपेक्षा र गिताको जोडीलाई ११–२, ११–५, ८–११, ९–११ र ११–८ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा पुलिसका नविता श्रेष्ठ र एलिना महर्जनको जोडी रह्यो । नविता र एलिनाको जोडीले मध्यमाञ्चलका निकिता र मारियाको जोडीलाई तीनै सेट ११–५ले हराए ।

मिक्स डबल तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी सेमिफाइनल प्रवेश गरेका छन् । श्रेष्ठ र महर्जनको जोडीले मध्यमाञ्चलका रिज जोशी र पल्पसाको जोडीलाई ३–०ले पराजित गरेका थिए । यस्तै आर्मीका कृष्ण र रविना महर्जनको जोडीले पूर्वाञ्चलका गणेश र अपेक्षाको जोडीलाई ३–०ले, एपिएफका पुरुषोत्तम र सोनुको जोडीले पूर्वाञ्चलका करण राई र गिता भुजेजको जोडीलाई तथा पुलिसका दीप साउन र नविताको जोडीले मध्यपश्चिमका नरेश र पवित्राको जोडीलाई समान ३–०ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

शिर्ष खेलाडीहरुको विजय यात्रा
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत चेस खेल धनकुटामा सुरु भयो । प्रतियोगिता अन्तरगत खुला तर्फ ३८ तथा महिला तर्फ २५ खेलाडी सहभागि छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बुद्धीचाल संघको संयोजनमा जारी प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले उद्घाटन गरे ।
पहिलो दिन शिर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन् । खुला तर्फ शिर्ष बरियताका नेपाल आर्मी क्लबका केशब श्रेष्ठले मध्य पश्चिमका तीर्थ विक, दोश्रो बरियताका मध्यमाञ्चलका मदनकृष्ण कायस्थले मध्यमाञ्चलकै रबिन्द« थापा, नेपाल आर्मीका भुपेन्द« निरौलाले सुदुर पश्चिमका कीर्त बहादुर जोरा तथा चौथो बरियताका खेलाडी क्षितिज भण्डारीले मध्यमाञ्चलका सञ्जय मर्हजनलाई पराजित गरे । पूर्वाञ्चलका सुमन राइले ओलम्पियाड खेलाडी सजिन मर्हजनलाई हराए । एपीएफका सुमित पन्त र सुदुर पश्चिमका प्रकास ओझा। महिला तर्फ नेपाल आर्मीकी मोनालीसा खुम्बु, सुजना लोहनी र सीन्दीरा जोशीले विजयी सुरुवात गरे ।

तेक्वान्दोमा सेनाकी काजोल सेमिमा

इटहरी रंगशालाको कभर्डहलमा भएको तेक्वान्दोतर्फ पुरुष ५४केजीमा सुपका गणेश चौधरी,मध्यमाञ्चलका कपिल थापा,एपीएफका चन्द्र राना मगर र नेपाली सेनाका तारा कुमार रायमाझि सेमिफाइनलमा प्रवेश गरेका छन् । सुदुरपश्चिमाञ्चलका गणेश चौधरीले पुर्वाञ्चलका सुरज मगर,मध्यमाञ्चलका थापाले नेपाल प्रहरीका मनोज मल्ल,एपीएफका मगरले मध्यपश्चिमका कमल विक र सेनाका रायमाझीले नेपाल प्रहरीका राजेश शाहीलाई हराउदै अन्तिम चारमा स्थान बनाए ।
महिला ४६ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठले सुपकी वर्ष थापा तथा नेपाली सेनाकाकी काजल श्रेष्ठले मध्यमाञ्चलकी रोशनी हराउदै सेमिफाइनलमा स्थान बनाइन । महिला ४९केजीमा मध्यमाञ्चलकी रेजुना ठकुरीले पश्चिमाञ्चलकी प्रसशां क्षेत्रि,एपीएफकी अश्मिता खड्काले मध्यपश्चिमाञ्चलकी सिता दर्लामी र नेपाली सेनाकी यानकुमारी चौलागाँईले पुर्वाञ्चलकी सुनिता तामाङलाई हराउदै अन्तिम चारमा स्थान बनाइन् । सुपकी कोपीला बोहरा भने बाई पाउदै अन्तिम चारमा स्थान बनाइन् ।

बक्सिङ
भद्रपुरको मेची रंगशालामा भएको बक्सिङको ४८ केजी तौल समूहमा मध्यमाञ्चलका चन्द्र थापा, नेपाली सेनाका सुभास विक, एपीएफका आश तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै ५२ केजी तौह समूहमा मध्यमाञ्चलका प्रदीप महर्जन, एपीएफका विक्रम परियार, मध्यपश्चिमाञ्चलका प्रेम चौधरी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी ५६ केजी तौल समूहमा सेनाका विमल रोक्का, पूर्वाञ्चलका राकेश राई, मध्यमाञ्चलका गणेश थापा र एपीएफका पुरण राई क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सेपाकताक्रोको रेगोमा आर्मी र पश्चिमाञ्चल फाइनलमा
विभागीय टोली नेपाली सेना र पश्चिमाञ्चल सेपाकताक्रोको पुरुष रेगु इभेन्टमा फाइलनमा पुगेका छन् ।सेमिफाइलनमा आर्मीले सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल पुग्यो । अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २१–१४ र २१–१६ ले हराउदै आर्मीसंग फाइनल भेट पक्का ग¥यो ।

महिलामा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले समान ६–६ अंक जोडेका छन् । पश्चिमाञ्चल र पूर्वाञ्चलले २–२ अङ्क जोडे । सुनसरीको धरानस्थित डिपो उच्चमाविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार डब्बल र सोमबार टिम इभेन्टका खेलहरु हुने छन् । पुरुषमा विभागीय टोली आर्मीसहित ६ वटा टिम सहभागी छन् । महिलामा ५ विकास क्षेत्रले भाग लिएको छ ।

December 27, 2024

मेलम्चीमा राष्ट्रिय खुला कराते प्रतियोगिता हुने

मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]

December 27, 2024

एनओसीका नयाँ अधिनायकवादी र मतियारहरु

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदको एउटा प्रवृत्ति नै छ । अनेक तानावाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]

December 27, 2024

फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेको‌श हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]

Success

Thank you for your time.